• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति कदमका ५ कमजोरी

64x64
किशोर दहाल शनिबार, जेठ ८, २०७८  ०५:५९
1140x725

काठमाडौं- प्रधानमन्त्रीमा दाबी गर्नका लागि दिइएको २१ घण्टाको समय शुक्रबार बेलुका ५ बजे सकिएको थियो। त्यतिञ्जेलसम्म शेरबहादुर देउवाले १४९ जना सांसद्को हस्ताक्षर सहित दाबी गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ जना सांसद् संख्या हुने गरी दलीय समर्थन सहित दाबी गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी नमिल्ने भन्दै कसैलाई पनि प्रधानमन्त्री नियुक्त गरिनन्।

राष्ट्रपतिले शुक्रबार मध्यरात लिएको यस्तो निर्णयले मुलुकलाई मध्यावधि निर्वाचनमा होम्ने ओलीको अभिष्टलाई सहयोग पुग्थ्यो नै। भयो पनि त्यस्तै। उनले मध्यरातमै मन्त्रिपरिषद् बैठक डाके। प्रतिनिधि सभा विघटन तथा कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति सिफारिस गरे। शनिबार बिहान १:४९ मा राष्ट्रपति कार्यालयले सूचना जारी गरेर त्यसलाई वैधानिकता दिएको छ।

ओलीलाई सहयोग पुग्ने क्रियाकलापका कारण आलोचित राष्ट्रपति भण्डारीले शुक्रबार पनि त्यसलाई निरन्तरता दिइन्। प्रधानमन्त्री नियुक्त नगर्न उनले अघि सारेका तर्कहरुले आगामी दिनमा पनि नजिरको रुपमा काम गर्न सक्छन्। जसले यो विषयलाई त्यतिबेला पनि विवादित बनाउन सक्छन्।

जसपा संसदीय दलको नेता महतो?

राष्ट्रपति कार्यालयद्वारा शुक्रबार राति ११:३८ सार्वजनिक विज्ञप्तिमा जसपाका सांसद् राजेन्द्र महतोलाई दुई ठाउँमा संसदीय दलको नेता भनिएको छ। जसपाभित्रै यो विषय विवादमा छ। किनकि, सो पार्टीको संसदीय दलको पूर्ण बैठक बसेको छैन। कार्यकारिणी समितिबाट पारित हुनुपर्ने संसदीय दलको विधान पनि तयार छैन। दुई समूहमा विभाजित भएको जसपाको संसदीय दलको एक पक्ष अर्थात् महन्थ ठाकुर-राजेन्द्र महतो पक्षको बैठक बसेर महतोलाई संसदीय दलको नेता भनिएको हो। र, सोही अनुसार संसदीय दलको भनेर संसद् सचिवालयमा पत्र दर्ता गराइएको हो। त्यसबारे संसद् सचिवालयले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

तर, राष्ट्रपतिले महतोलाई आधिकारिता दिएकी छिन्। अब यस्तो विवादको बेला एउटा समूहले ‘उहाँ नै हो संसदीय दलको नेता’ भनेर आफूमध्येको कसैलाई देखायो र राष्ट्रपतिलाई पत्रचार गर्‍यो वा वक्तव्य सार्वजनिक गर्‍यो भने त्यसलाई राष्ट्रपतिले आधिकारिता दिने कि नदिने? एक जना मात्रै किन, एकभन्दा बढीले आफू नै संसदीय दलको नेता हुँ भन्यो भने राष्ट्रपतिले सबैलाई सोही अनुसार सम्बोधन गर्ने? 

ओली कामचलाउ प्रधानमन्त्री होइनन्?

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा पनि राजीनामा दिएका थिएनन्। बिहीबार संविधानको धारा ७६ (५) सरकार गठन गरियोस् भनेर राष्ट्रपतिलाई सिफारिस गर्दा पनि उनले राजीनामा दिएनन्। शुक्रबार मध्यरातमा प्रतिनिधि सभा विघटन गरेर चुनावको मिति घोषणा गर्दा पनि ओलीले राजीनामा दिएका छैनन्। सामान्यतयाः प्रतिनिधि सभा विघटन गर्दा राजीनामा पनि सँगै दिने प्रचलन ओलीको पालना गरेको देखिँदैन।

nimb
nimb
Ncell 2
Ncell 2

२०६९ सालमा संविधान सभा (व्यवस्थापिका संसद्) विघटन भएपछि तत्कालीन राष्ट्रपति रामवरण यादवले तत्कालीन  प्रधानमन्त्री डा बाबुराम भट्टलाई कामचलाउ भनिदिएका थिए। अहिले ओलीको हैसियत के हो? यसको निकास राष्ट्रपतिले नै दिनुपर्ने थियो। तर ओली आफैंले प्रतिनिधि सभा विघटन गरेपछि पनि उनलाई कामचलाउ भन्नलाई राष्ट्रपतिले आँट गरेको देखिँदैन। प्रतिनिधि सभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्रीबाट पनि पदमुक्त हुने संवैधानिक प्रावधान छ। तर, गत पुसपछि पनि ओलीलाई राष्ट्रपतिले कामचलाउ भनिनन्, अहिले पनि भनेकी छैनन्।

हस्ताक्षरको नजिर

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्ने समय तोकिएको थियो। संविधानविद्हरु र संविधान निर्माणकर्ताहरुले सो धाराको अभिप्रायः प्रधिनिधि सभाको बहुमत सदस्यहरुको हस्ताक्षर जुटाउने हो भनिरहेका थिए। हुन पनि मन्त्रिपरिषद् गठनबारे उल्लेख संविधानको धारा ७६ का अन्य विभिन्न उपधारामा दलीय बहुमतका कुरा स्पष्ट लेखिएको छ। तर उपधारा ५ मा त्यस्तो उल्लेख छैन। बरु भनिएको छ- प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ।

राष्ट्रपतिले यो धाराको मर्मलाई विकृत तुल्याइदिएकी छन्। उनले एमालेको तर्फबाट ओलीले १२१ जनाको र जसपाको तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोले ३२ जनाको हस्ताक्षर बुझाएको विषयलाई राष्ट्रपतिले वैधानिकता दिएकी छन्। अर्कोतिर, शेरबहादुर देउवाले व्यक्तिगतरुपमा १४९ जना सांसद्को हस्ताक्षर बुझाएका थिए। यी दुवैका बीचमा केही हस्ताक्षर दोहोरो परेको राष्ट्रपतिको ठहर छ।

संविधानको मर्म अनुसार उनले व्यक्तिगत हस्ताक्षर ल्याउन दुवै पक्षलाई निर्देशन दिनुपर्थ्यो वा प्राप्त हस्ताक्षरको आधिकारिता जाँच गर्ने प्रक्रिया अगाडि बढाउनुपर्थ्यो। तर, उनी त्यतातिर लागिनन्। कोही अमुक व्यक्ति आज प्रधानमन्त्री हुन सक्यो वा सकेन भन्ने भन्दा पनि, आगामी दिनमा जोसुकै दाबेदारले प्रधानमन्त्री बन्ने प्रक्रियालाई विवादित बनाउन कुनै दलको कोही एकजना सांसद् वा सांसद्को समूहलाई प्रभावमा पारेर दावी पेश गर्न सक्ने भयो। वा ‘फलानो पार्टीका सांसद्को हस्ताक्षर पनि मसँग छ’ भनेर प्रधानमन्त्री नियुक्तिमा विवाद सिर्जना हुने नजिर दोहोर्‍याइदिने भयो।

प्राप्त विवरणभन्दा भविष्यको आकलन

राष्ट्रपतिले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्न समय दिइसकेपछि उनले बहुमत सांसद्को हस्ताक्षर कसले ल्यायो भन्ने ध्यान दिनुपर्ने हो। तर, उनी भविष्यको आकलनमा रमाएकी छिन्। हस्ताक्षरलाई विवादित बनाउन उनको ठहर छ- ‘नेकपा (एमाले) बाट निर्वाचित सदस्यहरूको हकमा पार्टीको तर्फबाट अर्को दलका उम्मेदवारको पक्षमा हस्ताक्षर गरेका सदस्यहरूलाई मान्यता नदिन अनुरोध गर्दै निजहरूको हकमा दलीय अनुशासन विपरीत हस्ताक्षर गरेको पाइए प्रतिनिधि सभाको सदस्य नरहने गरी निश्कासन गरिने हुँदा हाल निजहरूको हस्ताक्षरको मान्यता नहुन भनी पार्टीका अध्यक्ष तथा संसदीय दलका नेताबाट लेखी आएको। यस्तै, जनता समाजवादी पार्टी, नेपालको तर्फबाट पनि पार्टीका सदस्यहरूले पार्टीको आचरण र मर्यादा विपरीत हस्ताक्षर गरिएको बुझिएकोले त्यसलाई अस्वीकृत गरी दिनुहुन भनी उक्त पार्टीका अध्यक्ष श्री महन्थ ठाकुर र संसदीय दलका नेता श्री राजेन्द्र महतोको हस्ताक्षर सहितको पत्र प्राप्त भएको।‘

सामान्य कुरा के छ भने, सांसद्हरुलाई कारबाहीको विषय सम्बन्धित दल, प्रतिनिधि सभा, संसद् सचिवालय र निर्वाचन आयोगको टाउको दुखाइको विषय हो। त्यसको जानकारी राष्ट्रपतिलाई आउने पनि आफ्नै प्रक्रिया छ। राष्ट्रपतिले चाहिँ प्रतिनिधि सभामा तत्काल कायम रहेका संख्या कति हुन् र त्यसबाट सिर्जित समीकरण र सम्भावना के हुन्, त्यसको आधारमा निर्णय लिने हो। भोलि कारबाही भएछ भने त्यतिबेलाको परिस्थिति अनुसार अगाडि बढ्ने हो। तर, उनले सम्बन्धित दलले भविष्यमा के गर्छ, त्यसको आधारमा निर्णय लिएकी छन्। जुन अनौठो छ।

विश्वासको मत नपाउने ठोकुवा

राष्ट्रपति भण्डारीले दाबी गरेका देउवा र ओलीले प्रतिनिधि सभामा विश्वासको  मत नपाउने ठोकुवा गरेकी छन्। राष्ट्रपति कार्यालयको  विज्ञप्तिमा भनिएको छ- ‘अतः दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एक अर्कामा दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुन सक्ने, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिंदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन।‘

राष्ट्रपतिले प्रतिनिधि सभामा तीस दिनपछि हुने मतदान प्रक्रियामा कसले बहुमत पाउँछ वा पाउँदैन भनेर राष्ट्रपति कार्यालयबाटै ठोकुवा गरेकी छन्। धारा ७६ (५) अनुसारको प्रक्रियामा प्रतिनिधि सभा सदस्यले बहुमत सदस्यको हस्ताक्षर सहित दाबी गर्ने हो, राष्ट्रपतिले त्यो छ कि छैन भन्ने ख्याल गर्नुपर्ने हो। तर, सार्वभौम प्रतिनिधि सभाको स्वतन्त्र विवेकलाई समेत हस्तक्षप गरेकी छन्। यसरी राष्ट्रपतिले पूर्वानुमान गर्ने वा ठोकुवा गर्ने विषय भएको भए ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त व्यक्तिले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान संविधानमा हुने थिएन। त्यो छ, किनकि प्रतिनिधि सभाको विवेकको प्रश्नलाई शीलत निवासले अनुमान गर्न सक्दैन।

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
वरुण बेभरेजमा छापा, ‘सेभेन अप’को उत्पादन र बिक्रीमा रोक शुक्रबार, साउन ८, २०८३
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड शुक्रबार, साउन ८, २०८३
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्