• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कानुनविद् भन्छन्- हस्ताक्षरसहित बुझाउनेले पहिलो प्राथमिकता पाउनुपर्छ, शंका लागेमा सनाखत गराउनुपर्छ

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ७, २०७८  १८:५२
1140x725

काठमाडाैं- संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा दुईवटा दाबी प्रस्तुत भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले १५३ सांसदसहितको हस्ताक्षर पेस गरेका छन् भने विपक्षी गठनबन्धनबाट शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दाबी पेस गरेका छन्।

प्रतिनिधि सभामा कूल २७२ सांसद रहेका छन्। त्यसमध्ये चारजना निलम्बित रहेका छन्। दुवै पक्षले पेस गरेको दाबी जोड्दा कूल सांसदभन्दा धेरै देखिएको छ। दुईजनाले नै बहुमतको दाबी गर्दै प्रस्ताव दर्ता गरेपछि राष्ट्रपति भण्डारी दबाबमा परेकी छन्।

संवैधानिक कानुनका जानकारहरु राष्ट्रपतिले संविधानको अक्षरस पालना हुनेगरी हस्ताक्षरसहित आएका व्यक्तिलाई संविधानको धारा ७६ को उपधारा (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बताएका छन्। हस्ताक्षरमा शंका लागेमा सनाखत गराउनसक्ने विकल्प हुने उनीहरुको तर्क छ। राष्ट्रपतिलाई समर्थनको शंका लागेमा सांसदहरुलाई स्वयं उपस्थित गराई सनाखत गराएर नियुक्ति दिनसक्ने संवैधानिक कानुनविद् एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बताए।

अहिले प्रधानमन्त्री ओलीले १५३ जना सांसदहरुको समर्थन रहेको दाबी गरेको र देउवाले १४९ जनाको हस्ताक्षर नै बुझाएकाले राष्ट्रपतिले कुन सत्य हो निष्कर्षमा पुगेर नियुक्त गर्नुपर्ने उनले बताए। प्रधानमन्त्री ओलीले बिहीबार राष्ट्रपतिलाई आफूले विश्वासको मत नपाउने भएकाले मार्गप्रशस्त गरेको लिखितपत्र बुझाएकोले आज १५३ सांसदको हस्ताक्षरविनै प्रधानमन्त्री नियुक्तिको दाबी गरेको देखिएकाले उनी पछि हट्नुपर्ने उनको भनाइ छ। तर राष्ट्रपतिले दुवैलाई बोलाएर आफ्ना पक्षमा सनाखत गराउनु उपयुक्त हुने उनले बताए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीका लागि दुई जनाको दाबीशुक्रबार, जेठ ७, २०७८

संसदीय दलको समर्थन धारा ७६ को (१) अनुसार र उपधारा (२) मा बहुमतसिद्ध गर्नमात्र लिन सकिने वरिष्ठ अधिवक्ता शाक्यको दाबी छ। उपधारा (५) मा ब्यक्तिको कुरा हुने भएकाले बहुमत व्यक्तिको हस्ताक्षर जोसँग छ ऊ नै प्रधानमन्त्री हुने उनले बताए। भारतमा यस्तै विवादमा राष्ट्रपतिले व्यक्ति नै उपस्थित गराएर टाउको गनेर बहुमत पुर्‍याएको इतिहास रहेको उनले बताए।

Ncell 2
Ncell 2

त्यस्तै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले विपक्षी गठबन्धनको हस्ताक्षरलाई सनाखत गरेर बहमुत पुर्‍याउनसक्ने देखेमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बताए। ‘धारा ७६ को (५)ले सबै सांसदलाई प्रधानमन्त्री बनाउने अधिकार राख्ने भएकाले जता पनि हस्ताक्षर गर्न सक्छन्,’ ज्ञवालीले भने, ‘तर अहिले अल्पमतको सरकारका प्रधानमन्त्रीले १५३ मा र विपक्षले १४९ दाबी गरेकाले यसमा आफू निश्चित भएर गर्नुपर्छ।’

राष्ट्रपतिले संविधानको व्यवस्था उल्लंघन नहोस् भनेर विवेक पुर्‍याउनुपर्ने उनले बताए। दुवैले विश्वासको मत पाउने भनी पेस गरेको आधार र प्रमाणसहित निर्णय गर्नुपर्ने उनले बताए। यसरी नियुक्त गरेको प्रधानमन्त्रीले भोलि विश्वासको मत लिनसक्ने गरी बनाउनुपर्ने उनको भनाइ छ। हस्ताक्षर भएकालाई मान्यता दिनुपर्ने भन्दै उनले राष्ट्रपतिलाई आवश्यक लागेमा सनाखत गर्नसक्ने वरिष्ठ अधिवक्ता ज्ञवालीले बताए।

अघिल्लोपटक विश्वासको मत नपाएको प्रधानमन्त्री भएको र विश्वासको मत लिन सक्दिन भनेर लिखित पत्र बुझाएकाले ओलीको दाबी कमजोर रहेको उनले बताए। ‘३० दिनभित्र मत संसद्‍बाट लिनुपर्नेमा मसँग छैन भनेर लिखितरुपमा दिएको र आज पनि त्यही भनेकाले ओलीलाई दिनसक्ने आधार देखिँदैन,’ उनले भने ‘विश्वासको मत पुर्‍याउनसक्ने क्षमता उनमा छैन भन्ने उनैले पुष्टि गरेका छन। ’ प्रधानमन्त्री ओलीले मार्गप्रशस्त गरेको भनेकाले पनि अहिले दाबी गर्न नमिल्ने उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिले विपक्षी नेताहरूलाई भनिन्- संविधानअनुसार निर्णय गर्छुशुक्रबार, जेठ ७, २०७८

‘राजीनामा दिएर जानुपर्ने थियो। तर उहाँले १५३ सांसद छ भन्दै प्रधानमन्त्रीको दाबी गर्नुभएको छ,’ वरिष्ठ अधिवक्ता ज्ञवालीले भने,‘उनी अहिले पनि धारा ७६ को (३) अनुसार प्रधानमन्त्री रहेका छन्। दुईवटा हैसियत राखेर जान सक्दैन। दुई वटा प्रधानमन्त्रीको परिकल्पना गरिएको छैन।’ 

अधिवक्ता सुनिलकुमार पोखरेलले आफैंले विश्वासको मत लिन सक्दिन भनेर लिखितरुपमा राष्ट्रपतिलाई पेस गर्ने अनि फेरि बहुमत छ भन्ने दाबी गर्न नमिल्ने बताए। ‘आजै दिउँसो उहाँले संख्या तोकेर मसँग बहुमत छैन भनेर बोल्नुभएको छ,’ उनले भने ‘अब फेरि उनैलाई कसरी प्रधानमन्त्री नियुक्त गर्न मिल्छ?’

प्रतिनिधि सभामा एक सिट रहेको राष्ट्रिय जनमोर्चाले शेरबहादुर देउवाको गठवन्धनलाई समर्थन गर्दै हस्ताक्षर गरेको जनाएको छ। पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न विपक्षी गठबन्धनलाई समर्थन गरेको उल्लेख गरेका छन्। प्रतिनिधि सभामा जनमोर्चाको दुर्गा पौडेल सांसद रहेकी छिन्। उनी प्रत्यक्ष निर्वाचित हुन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा चार सदस्य रिक्त रहेकाले हाल २७१ सदस्य कामय छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि १३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसद्‍मा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ (२ निलम्बित) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी
सम्बन्धित सामग्री
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-५ बाट काँग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले खुला रूपमा सुझाव प्रस्तुत गर्न आग्रह गरेका हुन... शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले प्रधानमन्त... शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी उनले भक्तपुरका नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै जनताको सेवा नै आफ्न... शनिबार, माघ १७, २०८२
ताजा समाचारसबै
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि शनिबार, माघ १७, २०८२
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्