• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कानुनविद् भन्छन्- हस्ताक्षरसहित बुझाउनेले पहिलो प्राथमिकता पाउनुपर्छ, शंका लागेमा सनाखत गराउनुपर्छ

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ७, २०७८  १८:५२
1140x725

काठमाडाैं- संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा दुईवटा दाबी प्रस्तुत भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले १५३ सांसदसहितको हस्ताक्षर पेस गरेका छन् भने विपक्षी गठनबन्धनबाट शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दाबी पेस गरेका छन्।

प्रतिनिधि सभामा कूल २७२ सांसद रहेका छन्। त्यसमध्ये चारजना निलम्बित रहेका छन्। दुवै पक्षले पेस गरेको दाबी जोड्दा कूल सांसदभन्दा धेरै देखिएको छ। दुईजनाले नै बहुमतको दाबी गर्दै प्रस्ताव दर्ता गरेपछि राष्ट्रपति भण्डारी दबाबमा परेकी छन्।

संवैधानिक कानुनका जानकारहरु राष्ट्रपतिले संविधानको अक्षरस पालना हुनेगरी हस्ताक्षरसहित आएका व्यक्तिलाई संविधानको धारा ७६ को उपधारा (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बताएका छन्। हस्ताक्षरमा शंका लागेमा सनाखत गराउनसक्ने विकल्प हुने उनीहरुको तर्क छ। राष्ट्रपतिलाई समर्थनको शंका लागेमा सांसदहरुलाई स्वयं उपस्थित गराई सनाखत गराएर नियुक्ति दिनसक्ने संवैधानिक कानुनविद् एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बताए।

अहिले प्रधानमन्त्री ओलीले १५३ जना सांसदहरुको समर्थन रहेको दाबी गरेको र देउवाले १४९ जनाको हस्ताक्षर नै बुझाएकाले राष्ट्रपतिले कुन सत्य हो निष्कर्षमा पुगेर नियुक्त गर्नुपर्ने उनले बताए। प्रधानमन्त्री ओलीले बिहीबार राष्ट्रपतिलाई आफूले विश्वासको मत नपाउने भएकाले मार्गप्रशस्त गरेको लिखितपत्र बुझाएकोले आज १५३ सांसदको हस्ताक्षरविनै प्रधानमन्त्री नियुक्तिको दाबी गरेको देखिएकाले उनी पछि हट्नुपर्ने उनको भनाइ छ। तर राष्ट्रपतिले दुवैलाई बोलाएर आफ्ना पक्षमा सनाखत गराउनु उपयुक्त हुने उनले बताए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीका लागि दुई जनाको दाबीशुक्रबार, जेठ ७, २०७८

संसदीय दलको समर्थन धारा ७६ को (१) अनुसार र उपधारा (२) मा बहुमतसिद्ध गर्नमात्र लिन सकिने वरिष्ठ अधिवक्ता शाक्यको दाबी छ। उपधारा (५) मा ब्यक्तिको कुरा हुने भएकाले बहुमत व्यक्तिको हस्ताक्षर जोसँग छ ऊ नै प्रधानमन्त्री हुने उनले बताए। भारतमा यस्तै विवादमा राष्ट्रपतिले व्यक्ति नै उपस्थित गराएर टाउको गनेर बहुमत पुर्‍याएको इतिहास रहेको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले विपक्षी गठबन्धनको हस्ताक्षरलाई सनाखत गरेर बहमुत पुर्‍याउनसक्ने देखेमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बताए। ‘धारा ७६ को (५)ले सबै सांसदलाई प्रधानमन्त्री बनाउने अधिकार राख्ने भएकाले जता पनि हस्ताक्षर गर्न सक्छन्,’ ज्ञवालीले भने, ‘तर अहिले अल्पमतको सरकारका प्रधानमन्त्रीले १५३ मा र विपक्षले १४९ दाबी गरेकाले यसमा आफू निश्चित भएर गर्नुपर्छ।’

राष्ट्रपतिले संविधानको व्यवस्था उल्लंघन नहोस् भनेर विवेक पुर्‍याउनुपर्ने उनले बताए। दुवैले विश्वासको मत पाउने भनी पेस गरेको आधार र प्रमाणसहित निर्णय गर्नुपर्ने उनले बताए। यसरी नियुक्त गरेको प्रधानमन्त्रीले भोलि विश्वासको मत लिनसक्ने गरी बनाउनुपर्ने उनको भनाइ छ। हस्ताक्षर भएकालाई मान्यता दिनुपर्ने भन्दै उनले राष्ट्रपतिलाई आवश्यक लागेमा सनाखत गर्नसक्ने वरिष्ठ अधिवक्ता ज्ञवालीले बताए।

अघिल्लोपटक विश्वासको मत नपाएको प्रधानमन्त्री भएको र विश्वासको मत लिन सक्दिन भनेर लिखित पत्र बुझाएकाले ओलीको दाबी कमजोर रहेको उनले बताए। ‘३० दिनभित्र मत संसद्‍बाट लिनुपर्नेमा मसँग छैन भनेर लिखितरुपमा दिएको र आज पनि त्यही भनेकाले ओलीलाई दिनसक्ने आधार देखिँदैन,’ उनले भने ‘विश्वासको मत पुर्‍याउनसक्ने क्षमता उनमा छैन भन्ने उनैले पुष्टि गरेका छन। ’ प्रधानमन्त्री ओलीले मार्गप्रशस्त गरेको भनेकाले पनि अहिले दाबी गर्न नमिल्ने उनको भनाइ छ।

Xtrem
Xtrem

यो पनि पढ्नुहोस्

राष्ट्रपतिले विपक्षी नेताहरूलाई भनिन्- संविधानअनुसार निर्णय गर्छुशुक्रबार, जेठ ७, २०७८

‘राजीनामा दिएर जानुपर्ने थियो। तर उहाँले १५३ सांसद छ भन्दै प्रधानमन्त्रीको दाबी गर्नुभएको छ,’ वरिष्ठ अधिवक्ता ज्ञवालीले भने,‘उनी अहिले पनि धारा ७६ को (३) अनुसार प्रधानमन्त्री रहेका छन्। दुईवटा हैसियत राखेर जान सक्दैन। दुई वटा प्रधानमन्त्रीको परिकल्पना गरिएको छैन।’ 

अधिवक्ता सुनिलकुमार पोखरेलले आफैंले विश्वासको मत लिन सक्दिन भनेर लिखितरुपमा राष्ट्रपतिलाई पेस गर्ने अनि फेरि बहुमत छ भन्ने दाबी गर्न नमिल्ने बताए। ‘आजै दिउँसो उहाँले संख्या तोकेर मसँग बहुमत छैन भनेर बोल्नुभएको छ,’ उनले भने ‘अब फेरि उनैलाई कसरी प्रधानमन्त्री नियुक्त गर्न मिल्छ?’

प्रतिनिधि सभामा एक सिट रहेको राष्ट्रिय जनमोर्चाले शेरबहादुर देउवाको गठवन्धनलाई समर्थन गर्दै हस्ताक्षर गरेको जनाएको छ। पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न विपक्षी गठबन्धनलाई समर्थन गरेको उल्लेख गरेका छन्। प्रतिनिधि सभामा जनमोर्चाको दुर्गा पौडेल सांसद रहेकी छिन्। उनी प्रत्यक्ष निर्वाचित हुन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा चार सदस्य रिक्त रहेकाले हाल २७१ सदस्य कामय छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि १३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसद्‍मा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ (२ निलम्बित) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट]
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार
सम्बन्धित सामग्री
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] ७ हजार ४३ मत खसेकोमा अहिलेसम्म २ हजार २ सय ३१ मत गनेर सकिएको छ । आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आज भिडिओ सन्देश जारी गर्दै भोटेकोशीको प्रलयकारी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको अवस्थामा मितव्ययी ढङ्गले चाडपर्व मनाउनु उ... आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक सामाजिक सञ्जालमार्फत डा.कोइरालाले बाढीले नदी किनाराका बस्ती तटीय क्षेत्रमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू) आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्