धनगढी– दोस्रो चरणको कोरोना संक्रमणका कारण अक्सिजन अभावमा ज्यान गुमाउनेको संख्या बढ्न थालेपछि कैलालीको लम्कीचुहा नगरपालिकाले मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको छ।
नगरपालिकाले लम्कीचुहा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरेको हो। कोरोना भाइरसका कारण अक्सिजन नपाएर नगरवासीको अकालमा ज्यान नजाओस् भन्ने हेतुले नगरपालिकाको पहल र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा अक्सिजन प्लान्ट निर्माण गरिन लागिएको नगरप्रमुख महादेव बजगाईंले जानकारी दिए।
नगरपालिकाले अक्सिजन प्लान्ट जडानका लागि आवश्यक बजेट माग गर्दै सामाजिक विकास मन्त्रालयमा पत्राचार गरेको प्रमुख बजगाईंले बताए। ५० लाख रुपैयाँ माग गरिएकामा तत्कालका लागि १५ लाख रुपैयाँ निकासा भएको नगरप्रमुख बजगाईंले बताए।
न्यूनतम ३० देखि बढीमा ५० लाख रुपैयाँ लगानीमा मिनी अक्सिजन प्लान्ट निर्माण गर्ने लक्ष्य राखेको बताउँदै नगरप्रमुख बजगाईंले त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाइने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।