फाइल तस्वीर
काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनानुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताएका छन्।
एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा सोमबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको ‘समकालीन विश्व परिस्थिति र माक्र्सवादको सान्दर्भिकता’ विषयक भण्डारीको कोलकोतामा प्रस्तुत कार्यपत्र (पुस्तक) मा आधारित भर्चुअल अन्तरक्रियामा नेता पोखरेलले पार्टी विवाद समाधान हुने बताए। उनले कार्यदलले पार्टीमा देखिएको विवाद समाधान गर्ने दाबी गरे।
मुख्यमन्त्री पोखरेलले माओवादी पृष्ठभूमिबाट नेकपा एमालेमा आएका नेता कार्यकर्ताका सही व्यवस्थापन हुने बताए। उनले एकतावको भावना अनुसार माओवादीबाट आएका नेता कार्यकर्ताको व्यवस्थापन हुनेमा शंका व्यक्त गर्न नहुने बताए।
एमालेभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदलका सदस्य पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा रहेर यसलाई अझ विकास गर्दै समृद्धिको यात्रामा पार्टी र सरकारको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे। विश्वमा क्रान्तिपछिको रुपान्तरणमा समाजवादी पार्टीमा अलमल देखिने भए पनि नेपालका सन्दर्भमा उपयुक्तरुपमा क्रान्तिका कार्यभार पूरा गर्न जबज सार्थक रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।