• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमितले अस्पताल भरियो, आइशोलेसन रित्तै

64x64
रासस शनिबार, जेठ १, २०७८  २१:१३
1140x725
फाइल तस्वीर

नुवाकोट- नुवाकोटसहित धादिङ र रसुवा आसपासका जिल्लाका कोरोना संक्रमित बिरामीको पहिलो रोजाई त्रिशूली अस्पताल बनेको छ।  संक्रमित बिरामीको लागी नुवाकोटका स्थानीयतहले सुबिधा सम्पन्न ओइशोलेसन केन्द्र बनाएपनि त्यहाँका श्ययाहरु खाली छन्।

 

 

बिरामीको रोजाई बनेको अस्पतालमा भने श्यया भरिएर दोश्रो पटक थप गरिएको छ। जिल्लाका मात्र नभई रसुवा र धादिङ स्थित जिल्ला अस्पतालमा उपचाररत संक्रमित बिरामी पनि त्यहाबाट रिफर भएर त्रिशूली अस्पताल आउन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए।

उनको अनुसार बिरामीको चाप बढेसँगै दोश्रो पटक श्यया थप गरेर उपचार सेवा उपलब्ध गराइएको छ। अस्पतालमा हाल ५१ संक्रमित  उपचाररत छन्। तीमध्ये गम्भीर अबस्थाका छ श्यययाको सघन उपचार कक्ष (आइसियू), चार श्यययाको हाई डिपेन्डेन्सी युनिट (एचडियु) र चार भेन्टिलेटर राखिएको छ। आईसियू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी धेरै भएकाले व्यावस्थापनमा समस्या बनेको छ।  

अस्पतालले  संक्रमित बिरामीको लागी श्रोत, साधन र जनशक्ति अनुसार ४० श्ययाको आइशोलेसन वार्ड स्थापना गरिएकोमा अपुगे भएसँगै २० श्यया थप गरेर हाल ६० श्यया पुराइएको छ।' उनले भने, 'दुई पटकसम्म श्यया थपिसकेकाले अब भने नसक्ने अबस्थामा पुगेका  छौ।' वाग्मती प्रदेश मातहत रहेको  ५० श्ययाको अस्पताल हो। अस्पतालले नियमित सेवा सुचारु राख्दै सोहि श्रोत र जनशक्ति मार्फत हाल अतिरिक्त ६० श्ययाको कोभिड वार्ड चलाइरहेको छ। 

कोरोना भाइरसको दोश्रो लहर देखिएसँगै  अस्पतालले ४० श्यययाको कोभिड वार्ड तयार गरेको भएपनि बुधबार र शुक्रबार थप १०÷१० श्यया वृद्धि ६० श्यया पुर्‍याएको हो। 

संक्रमितको स्वास्थ्यमा समस्या देखिएसँगै धेरै बिरामीको रोजाई यही अस्पताल भएसँगै माग धान्न गाह्रो हुदै आएको डा पाण्डेको भनाइ छ। 'भूकम्पपछि पुर्ननिर्माण गरिएको सुविधासम्पन्न भवन रहेको अस्पतालमा आरटी–पीसीआर प्रयोगशाला र आफ्नै अक्सिजन उद्योग समेत भएकाले बिरामीको लागी अस्पतालप्रतिको विश्वास धेरै हुनसक्छ' उनले भने 'अबभने स्थानीयतहको आइशोलेसन केन्द्रमा बिरामी ‘होल्ड’ गर्न आग्रह गर्नेछौ।' 

Ncell 2
Ncell 2
nimb
nimb

कोरोनाको दोस्रो लहर आएसँगै जिल्लाका प्रत्येक स्थानीयतहमा व्यवस्थित आइशोलेसन केन्द्र सञ्चालनमा आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाका १२ स्थानीयतहले १५ स्थानमा निर्माण गरेको केन्द्रमा अक्सिजन सहितको १८१ श्यया तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए।

उनको अनुसार केन्द्रमा चिकित्सक सहितको सुबिधा भएपनि संक्रमित  भने त्रिशूली अस्पतालमा नै भर्ना हुनेदर बढेकाले अब पालिकालाई आ–आफ्नै स्थानका बिरामीलाई सकेसम्म पालिकाभित्रै व्यावस्थापन गर्न भनिएको छ  । कोरोना  नियन्त्रणको लागि जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा कायम रहेको छ। 'कर्मचारी र जनप्रतिनिधिलाई कोरोनाको भाइरस पुष्टि भएसँगै जिल्लाको सबैजसो स्थानीयतहले अति आवश्यक बाहेकका सेवा बन्द गरेर महामारी रोक्न लागेका छन्।'कार्यालयका सूचना अधिकृत खनालले भने, 'कोरोनाको सक्रमितको पहिचानको लागी खोजपड्ताल, स्वाब संकलन, सक्रमितको उपचार प्रभावकारी बनाउन पालिकाले आइशोलेसन केन्द्रमा बिरामी राख्न पहिलो प्रथामिकता दिनुपर्छ।'

 

स्थानीयतहको आइशोलेसन केन्द्रमा अक्सिजन सहित अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटर, पिपिई, भाइरस परीक्षण गर्ने एण्टिजेन कीट, पीसीआरको लागि स्वाब सङ्कलन गर्न भिटिएम सहितको सुविधा उपलब्ध भएपनि कोरोना सक्रमित बिरामी त्रिशूली अस्पतालमा आकर्षित हुदाँ पालिकाको श्यया भने रित्तै छन्। जिल्लामा आइसियू र भेण्टिलेटर सेवा सहित अक्सिजनको ब्यबस्था सहज भएसगै नुवाकोटको बिरामीको लागी यो महामारीमा पालिकाको मात्र नभई काठमाडाैं भन्दा त्रिशूली अस्पताल पहिलो रोजाई बनेको छ।  संक्रमितको लागी अस्पतालबाट उपलब्ध सेवा सबै निःशुल्क रहेको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कुन पालिकामा कति आइशोलेसन श्यया

विदुर नगरपालिकाले बट्टार स्थित कभर्डहलमा २२ र  सिटी कम्युनिटी अस्पतालमा १५ गरी ३७ श्ययाको आइशोलेसन तयार गरेको स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिए। उनका अनुसार आइशालेसनमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटर सहित चिकित्सकको व्यवस्था गरिएको छ। जिल्लाको अर्को नगरपालिका बेलकोटगढीमा कोरोनाको उपचारको लागि ‘कोभिड–१९ अस्थायी अस्पताल’को स्थापना सहित थप २५ श्ययाको आइशोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए। उनको अनुसार अस्पतालमा डाक्टर सहित पाँचजना स्वास्थ्यकर्मीलाई २४ सै घण्टा खटाइएको छ। 

जिल्लाको गाउँपालिकातर्फ लिखुमा १०, शिवपुरीमा २०, म्यागङमा ८, किस्पाङमा पाँच, सूर्यगढीमा २०, तादीमा २०, तारकेश्वरमा नौ, दुप्चेश्वरमा आठ, पञ्चकन्यामा पाँच र ककनीमा पाँच श्ययाको आइशोलेसन श्यया तयार बनाइएको छ। स्थानीयतहमा हाल १८१ श्यया भएपनि  संक्रमित बिरामी भने जम्मा चार जना मात्रै भर्ना भएका छन्।

सङ्क्रमणको लक्षण देखिएकालाई पािलकाको आइशोलेसनमा राख्न सकेमा त्रिशूली अस्पतालमा बिरामीको चाप घटाउन, अति आवश्यक पर्ने बिरामीको लागि श्ययया उपलब्ध गराउन, बिरामीले पनि उपचार सुविधा सहजै पाउने जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको भनाइ छ। 'त्रिशूली अस्पतालमा दरबन्दी अभावले जनशक्ति कम छन्, त्यसमा पनि आधाभन्दा बढीलाई आफै सक्रमित भएसँगै कामको दबाब बढी परेको छ।' उनले भने 'स्थानीयतहले बनाएको आइशोलेसनमा खटाइएका जनशक्ति बिरामी पर्खिरहेका छन्।' 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  २१:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्