काठमाडौं– जनता समाजवादी पार्टी(जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन्।
महतोलाई जसपाको बहुमत पक्षले संसदीय दलको नेतामा चयन गरेको सांसद इकबाल मियाँले जानकारी दिए।
भक्तपुरको एक रिसोर्टमा बिहीबार बसेको जसपा सांसदहरुको भेलाले महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो। भेलामा १८ जना सांसद सहभागी भएको दावी उक्त पक्षको छ।
प्रधानमन्त्री ओलीको पक्षमा लागेका अध्यक्ष महन्थ ठाकुरले बहुमतका आधारमा सरकार बनाउने समय सकिने दिन बिहीबार आफूपक्षधर सांसदहरुलाई भक्तपुरस्थित एक रिसोर्टमा राखेका थिए।
अध्यक्ष ठाकुरसहित नेता महतो प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका कारण उनी पुन प्रधानमन्त्री बन्न सकेका हुन्।
अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई नेपाली कांग्रेससहितको गठवन्धनको पक्षमा रहेपनि ठाकुर र महतोले साथ नदिँदा उक्त गठबन्धनले सरकार बनाउन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।