• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मुस्ताङमा एक जना पनि छैनन् चिकित्सक, आइसीयू र भेन्टिलेटर नहुँदा समस्या

64x64
रासस शुक्रबार, वैशाख ३१, २०७८  १२:४१
1140x725
सांकेतिक तस्वीर

मुस्ताङ– अघिल्लो पटक कोरोनाको असर नदेखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा दोस्रो भेरिएन्टको प्रभाव देखा परेसँगै स्थानीयवासीमा त्रास फैलिएको छ। मुस्ताङमा कोरोना महामारीको दोस्रो लहरका ८९ जना सङ्क्रमित छन्। जिल्लाको चारवटै गाउँपालिकामा सङ्क्रमित पुगेका छन्।

सङ्क्रमितमध्ये अधिकांशमा लक्षण रहेको र धेरैलाई अक्सिजनको आवश्यकता रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। ‘‘यहाँ उच्च सजगता अपनाइएकै हो, अहिले लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढ्दो छ’’ स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले भने्, ‘‘सङ्क्रमितलाई उच्च निगरानीमा होम आइसोलेसन र अस्पतालमा राखिएको छ।’’

मुस्ताङ अस्पतालमा छ शय्याको आइसोलेसन बनाइएको छ। ती छ वटै शैयामा अक्सिजनको व्यवस्था रहेको भएपनि भेण्टिलेटर र सघन उपचार कक्ष भने छैन। भेण्टिलेटर र सघन उपचार कक्ष नरहेका कारण चुनौतीबीच कोरोनाको सामना गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताए। 

सामान्य समयमा समेत बाहिरी जिल्लाबाट मुस्ताङका विभिन्न स्थानमा भ्रमणको लागि पुग्ने सर्वसाधारणको लागि अक्सिजनको कमी हुने मुस्ताङले अहिले कोरोनासँग जुध्न अक्सिजनको समस्या टड्कारो बनेको छ।

‘‘स्थानीय तहमा पनि आइसोलेसन बनेका छन् तर अक्सिजन पुर्‍याउन सकिएको छैन्’’ सहायक प्रजिअ अर्याल भन्छन्, ‘‘जनसङ्ख्या थोरै भएर के गर्नु छिरोलिएको ठूलो जिल्ला भएकाले व्यवस्थापनमा कठिन भैरहेको छ।’’ मुस्ताङमा १३ हजारको हाराहारीमा जनसङ्ख्या छ।

Ncell 2
Ncell 2
nimb
nimb

महामारीको दोस्रो लहर शुरु हुँदादेखि नै सतर्कता अपनाएको मुस्ताङले महामारीको लहरलाई रोक्न भने सकेन। पहिलो चरणको कोरोनाको प्रभाव कम भएपछि जिल्लामा आन्तरिक पर्यटकको निकै चहलपहल बढेको थियो। यस अवधिमा नेपालमा रहेका विदेशी संस्थाका कर्मचारीदेखि नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको जिल्ला आवतजावतका कारण कोरोना भित्रिएको प्रशासनको ठम्याइ छ। 

दुई/चार दिन घुम्नेलाई रमाइलो लागे पनि बाह्रै महिना कष्टकर जीवन बिताएका मुस्ताङवासीलाई अहिले कोरोनाको कहरले झन पिरोलिरहेको छ। स्थानीय सर्वसाधारणभन्दा देशका अन्य जिल्ला र विदेशी पर्यटकको आवागमन धेरै हुने गर्दछ। कोरोनाको पहिलो लहर चल्ने बेला मुस्ताङ निकै कठोर बनेर रोगको सङ्क्रमणलाई रोक्न सफल भएको थियो।

पहिलो चरणमा बिदामा घर हिँडेका कर्मचारी हुन् वा कामको सिलिसिलमा मुस्ताङ बाहिर निस्केका सर्वसाधारणले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यात्मक व्यवस्था जिल्लाभर गरिएको थियो। निकै कठोर बनेर जिल्लालाई सुरक्षित र सजग राखेको मुस्ताङले अहिले कोरोना महामारीको दोस्रो लहरसँग पौंठेजोरी खेलिरहेको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अहिले कोरोनाको दोस्रो भेरिएन्टको प्रभाव बढेपछि मुस्ताङ प्रवेशका लागि सिमित नाकाहरु मात्रै सञ्चालनमा छन्। नाकाहरुमा पहिलेदेखि नै कडाइ गरेको भए महामारीको कम प्रभाव पर्ने स्थानीयवासीको भनाइ छ। 

महामारीको दोस्रो लहरले पहिलोपटक केही दिन पहिला मुस्ताङकी एक महिलाको मृत्यु भएको थियो। सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु भएपछि जिल्लाका सम्बन्धित निकाय, स्थानीय निकाय र स्थानीयवासी सजग बनेका छन्। ‘‘हामीकहाँ अक्सिजन प्लान्ट छैन्, बाहिरबाट भरेर ल्याउँदा यही अवस्थामा सङ्क्रमण फैलिँदा कठिन छ’‘ अर्याल भन्छन्, ‘’यो अवस्थाको मूल्याकङ्न गरेर हामीले निशेधाज्ञा गरेका छौँ।’’ 

जिल्लाभर एक जनासमेत चिकित्सक नरहेका कारणले पनि बिरामीको उपचारमा समस्या भैरहेको स्वास्थ्य कार्यालयका प्रमुख भण्डारी बताउँछन्। ‘‘हामीसँग जनशक्तिको पनि अभाव छ, विषेशज्ञ डाक्टर छैनन्, स्वास्थ्यकर्मी पनि चाहिने जति छैनन्’’ भण्डारीले भने।

यहाँका आइसोलेसनमा उपचरा गराइरहेका छ जना अहिलेसम्म बाहिरी जिल्ला पठाइएका छन्। श्वासप्रश्वासमा समस्या भएपछि ‘हाइकेयर युनिट’मा उपचार गर्न सकिने बिरामी समेत पोखरा, काठमाडौँ पठाउनु परेको अर्यालले बताए। ‘‘एचडियु मात्रै भएको भए धेरै सहज हुने थियो’’ अर्याल भन्छन्, ‘‘सबै कुराको अभाव छ यहाँ।’’ कोरोनाको सङ्क्रमणबाट गम्भीर स्वास्थ्य समस्या भएका छ जनाले मुस्ताङबाट हेलिकप्टर चडेर पोखरा काठमाडौँलगायतका शहरका अस्पतालमा पुगेर ज्यान बचाएका छन् भने अरु सबै सङ्क्रमितको मुस्ताङमै उपचार भैरहेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्... मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी यस वर्षको दशैँ अवधिमा देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ र सामान्य रहेको नेपाल प्रहरीले जनाएको हो । मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव मंगलबार, कात्तिक ३, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्