महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा बिहीबार से१त ४४४१ नंको ट्र्याक्टरले से३प ३००४ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार मोटरसाइकलमा सवार ३० वर्षीय सुरज जप्रेल र २८ वर्षीय प्रकाश रोकायाको मृत्यु भएको हो।
प्रकाशको घटनास्थलमै र सुरजको उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
मृतक दुवैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।