झापा– मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६३प २७९० नंको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रोकेर राखिएको भारतीय नंको ट्रकमा ठोक्किएको थियो।
दुर्घटनामा परी मेचीनगर–१२ का ३० वर्षीय कुजैहाङ लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।