• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

खोप रोक्नेलाई किन मुद्दा नचलाउने?

64x64
गौरीबहादुर कार्की बिहीबार, वैशाख ३०, २०७८  ०७:३३
1140x725

कोभिड महाव्याधीले उग्ररुप लिइरहेको छ। आम जनजीवन संत्रस्त छ। भारतमा दिनहुँ ४ लाख, नेपालमा ९ हजारमा संक्रमण देखिन थालेको छ। भारतमा दिनहुँ ४ हजारले मृत्युवरण गर्नुपरेको छ। नेपालमा पनि मृतकको संख्या दिनदिनै उकालो लागिरहेको छ। 

भारतमा गत माघ ३ मा खोप अभियान शुरु भयो। माघ ८ मा भारतबाट १० लाख डोज खोप अनुदानमा नेपाल आयो। खोप आएको २६ दिनपछि फागुन ४ मा मात्र सेरमसँग २० लाख खोप किन्ने सम्झौता भयो। सरकार–सरकारबीच सम्बन्ध राखेर खरिद गरियो। त्यसमध्ये १० लाख खोप नेपालमा भित्रियो। सोही खोपबाट ६५ वर्ष उमेर नाघेका वृद्धवृद्धालाई फागुनको तेस्रो हप्तामा पहिलो खोप दिइयो। पहिलो मात्रा दिएको ६ हप्तापछि दोस्रो खोप दिनु पर्नेमा खोप नआएका कारणले अझै दिन सकिएको छैन। खोप कहिले आउने भन्ने ठेगान नै छैन। सरकार चलाउनेहरु ‘समृद्ध नेपाल सुखी नेपाली’को फोस्रो सपना बाँडिरहेका छन्। खोप र उपचार नपाएर जनता मरिरहेकामा कुनै चिन्ता छैन। 

पहिलो खोप खरिदमा पनि सेरमको कमिसन एजेन्ट हुकमले माघ १३ मा प्रतिडोज ४.४ डलरमा दिने प्रस्ताव गरेको थियो। तर, २ सातापछि माघ २९ मा उत्पादक भारतीय सेरमले ४ डलरमै विमानस्थलमा डेलिभरी दिने प्रस्ताव गरे अनुसार कमिसनबिना नै डेलिभरी गरिदियो। 

त्यसपछि नेपाल सरकारले ५० लाख खोप खरिद गर्न सेरमसँग कुरा अगाडि बढायो। हुकम डिष्ट्रिब्युसन एण्ड लजिष्टिक प्राइभेट लिमिटेडले आफूलाई सेरम इन्स्टिच्युट अफ इन्डियाको तर्फबाट गत फागुन १२ (२४ फेब्रुअरी)मा एक डोजको ६.०५ डलरमा सप्लाई गर्ने भनी स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहलाई पत्र लेख्यो। पहिले ४ डलरमा सरकारले किनेको खोप अहिले ५० प्रतिशतभन्दा बढी मोलमा खरिद गराउन खोजेको देखियो। १० प्रतिशत कमिसन समेत एक डोजको ६.०५ डलर मोल पर्ने, ८० प्रतिशत पहिले भुक्तानी दिनु पर्ने, २० प्रतिशत भने सामान पठाएपछि दिनुपर्ने शर्त राखे। 

नेपालले २० लाख खरिद गर्दा नै ९३ करोड ३६ लाख मोलको ९ करोड ३६ लाख कमिसन गुमाएका हुकमका दुगड र वैद्यहरु सल्बलाए। नेपाल सरकारले सिधै खरिद गर्न लागेको ५० लाख खोप ल्याउन उत्पादकलाई रोक्न लगाए। त्यतिमात्र होइन ५० लाख खोप उनीहरुमार्फत् खरिद गर्ने टुंगो नलगाएकाले खरिद गरिसकेको १० लाख खोप पनि रोकिदिए। उनीहरुकै कारणले सेरमले एजेन्टमार्फत् खरिद गर्न नेपाललाई पत्र लेख्यो।   

५० लाख खरिद गर्दा ३ अर्ब ४७ करोड ८७ लाख ५० हजार रुपैयाँ पर्थ्यो। १० प्रतिशत कमिसनले गर्दा ३४ करोड ७८ लाख बढी लागत बढ्ने हुन्छ। त्यही लागतमा खरिद गर्ने नै हो भने पनि ८० प्रतिशत मूल्य पहिले भुक्तानी दिनु पर्ने शर्त तेर्स्याइयो। कानुनतः खरिदमा अग्रिम २० प्रतिशतमात्र रकम भुक्तानी दिन मिल्ने हुन्छ। सरकारले २० प्रतिशत अग्रिम भुक्तानी दिएकै खण्डमा पनि एजेन्टले ६० प्रतिशत लगानी गर्नुपर्नेमा एक पैसा पनि लगानी नगरी करिब ३४ करोड कमिसन खाने दाउमा एजेन्ट रहेछन्। एक पैसा लगानी नगरिकन सरकारी खरिदमा बीचैमा कमिसनको झटारो हानेर खोप नै रोकिदिए। 

तीन महिनाभित्र सबै नेपालीलाई खोप दिलाउने भनी गत फागुन २३ मै घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप नआएकोमा कुनै चिन्ता नभएको जस्तो लाग्यो। अस्पतालमा बेड नपाएर, आईसीयू नपाएर, भेन्टिलेटर नपाएर, अक्सिजन नपाएर दिनहुँ सयौंको मृत्यु भइरहेको छ। अस्पताल छिर्न नदिएर ढोकामै मर्नुपर्ने अवस्था छ। तर, हाम्रा ‘बा’को सरकार भने अस्पतालमा पर्याप्त सिट छ भन्छ। ठूलाबडालाई सिट मिल्नु स्वभाविक होला। एक रातको अस्पताल खर्च युरोप अमेरिका, जापानको फाइभ स्टार होटलको डिलक्स कोठाको भाडा भन्दा पनि महंगो छ। मन्त्री लगायत सरकारी पदाधिकारीहरु रुघा लाग्दा पनि सरकारी खर्चमा उपचार गराउँछन्। कोरोनामा सरकारी कोषबाट लाखौं खर्च गराउने अनि जनताले भने उपचारमा टाट पल्टनुपर्ने र उपचार नपाएर मर्नु पर्ने यो कहाँको न्याय हो? 

अमेरिकी टेलिभिजन सिएनएनसँग अन्तर्वार्ताका क्रममा वैशाख २५ मा प्रधानमन्त्री ओलीले नेपालमा कोभिड कन्ट्रोलमा छ भन्नु भएको पाइयो। अहिले घातक रुपमा देखापरेको कोभिड प्रधानमन्त्री ओलीले भन्नु भए जस्तै नेपालमा नियन्त्रणमै छ त? कोभिडको सन्त्रास अस्पतालको बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटरको अभाव, रेम्डिसिभर औषधी कालोबजारी र नक्कली लगायतको आपूर्ति अवस्था हेरे थाहा भइहाल्छ। संक्रमित एम्बुलेन्समै, अस्पतालको ढोकामै मरिरहेका छन्। दिनहुँ सयौं मर्नु, नौ हजार संक्रमित हुनु सामान्य जस्तो ठानिन्छ, बालुवाटारमा। संक्रमित परिवारको पुकार सुन्ने कोही छैन। यस्तो आपतकालमा सरकार आफैं भन्दैछ– ‘अस्पताल नआउनू, आफ्नो उपचार घरमै गर्नू।’

Ncell 2
Ncell 2
nimb
nimb

संक्रमितलाई कुनै सहयोग गर्न सक्दैन भनेर बाको सरकार फर्मान् जारी गरिरहेको छ। अब जनता कहाँ जाने? सरकारको यस्तो व्यवहार भएपछि सिधै यमपुरी जानुबाहेक अन्य उपाय छैन।  

तत्काल खोप खरिद गर्ने सम्भावना छैन भनी सरकारले नै भनिरहेको छ। सेरम कारखानामा आगलागीको कारणले आपूर्ति गर्न नसकेको भन्ने सरकारको भनाइ छ। तर, सेरमकै प्रमुख कार्यकारीले औषधि उत्पादनतर्फ आगोले नोक्सान नपारेको, औषधि उत्पादनमा कुनै असर नपर्ने भनी बताएका थिए। 

हुकमले खोप रोकेर जनताको ज्यान मार्ने अपराध गरेको छ। सरकारले जसरी पनि खोप ल्याउनेतर्फ कूटनीतिक लगायत पहल गरेको देखिएन। बरु सोही विवादित हुकमलाई समेत खोप आयात गर्न लगाएर चार दोब्बर मोलमा व्यापार गरेर लुट गर्न सरकारले लाइसेन्स दिएको देखियो। यत्रो लामो समयसम्म चीन, रुस लगायत अन्य देशबाट खोप खरिद गर्नेेतर्फ सरकार लागेन। 

चीनले, युरोपेली मुलुकले, अमेरिकाले अहिले कसरी कोभिड नियन्त्रण गरिरहेको छ भन्नेतिर हेरिएन। यो महाव्याधी नियन्त्रणका लागि सीमा बन्द, लकडाउन, क्वारेन्टिन, आइसोलेसन, खोप, उपचारमा राष्ट्रिय प्राथमिकता दिएरै चीन लगायत देशले सफलता पाए। 

Xtrem

Xtrem

व्यापार खुलाएको भारत बढी संक्रमित भइरहेको छ। नेपाल पनि भारतकै र व्यापारीकै पछि लागेको छ। जीवन बाँचेमा व्यापार र कमाउने काम त पछि पनि गर्न सकिन्छ। तर, हामीकहाँ त यो महामारीमा पनि लुट्ने, महाव्याधीकै नाममा भ्रष्टाचार गर्ने काम भइरहेको छ। स्वास्थ्य सामग्री खरिदमा गतसाल ओम्नीको भष्टाचार फासफुस भयो। यो पटक प्रभावशाली सुरज वैद्य र विजय दुगडको प्रभावले खोप रोकेर चार दोब्बर मोलमा खोपको व्यापार गर्न ओली सरकारले लाइसेन्स दिएको देखियो।  

गतवर्षको संक्रमणपछि औषधि उपचार, अस्पताल र उपकरण जोड्नेतिर राज्य लागेन। भविष्यमा महामारी दोहरिँदैन भन्नेतिर ओली सरकार लाग्यो। सयौं अस्पताल र पुलको शिलान्यासमै समय बिताए। तर, जनता भने अस्पतालमा बेड नपाएर, अक्सिजन नपाएर मरिरहेका छन्। 

अल्पविकसित देशहरुले कोभ्याक्स अन्तर्गत २० प्रतिशत जनतालाई दिने भनेको २० लाख खोप पनि ३ लाख ४८ हजार डोज मात्र आयो। अरु ल्याउनेतर्फ सरकार लाग्न सकेन। सरकारले किनेको एक डोजको ४ डलर मोलभन्दा ४ गुना १६ डलरमा बिक्री गर्न हुकमलाई नै लाइसेन्स दिनुबाट पनि खोप रोक्नु र नल्याउनुमा भित्री रुपमा नेपाली जनता मार्ने काममा ओली सरकारको समेत संलग्नता देखिन आउँछ। हुकमलाई खोप बिक्री गर्ने लाइसेन्स दिनु यो महामारीमा नाफा र लुटप्रधान देखिन आउँछ। यो आपतकालमा पनि जनता मार्न र देश लुट्न कोही पछि नपरेको देखियो।   

यत्रो महामारीमा खोप आएन। महामारीले उग्ररुप लिन थालेको छ। देशले यत्रो महामारीमा खरिद गरेको खोप रोक्ने काम मानवताविरोधी फौजदारी अपराध हो। खोप रोकेर जनता मार्ने फौजदारी अपराध गरेकोमा उपभोक्ता संरक्षण ऐन, २०५४ दफा ७ को उपदफा (ख) बमोजिम र मुलुकी अपराध (संहिता) ऐन, २०७४ बमोजिम ज्यान मार्ने अपराध गरेकोमा मुद्दा लाग्छ। ओली सरकार आफैं यो विवादमा मुछिएकाले केही गर्दैन। अब नयाँ आउने सरकारले कानुन बमोजिम अनुसन्धान तहकिकात र जाँचबुझ गराउनु पर्दछ। 

(कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन्।)  [email protected]
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ०७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गौरीबहादुर कार्की
लेखकबाट थप
निर्वाचन आचारसंहिता देखाउनका लागि मात्र हो?
सुपारी, मरिच र केराउ तस्करीलाई कहिलेसम्म 'राष्ट्रिय उद्योग' बनाउने?
उड्ने सिंह राखिने मन्दिर तयार, तर धारामा गाडिएका मूर्ति झिक्न किन विवाद?
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्