काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि राष्ट्रिय जनमोर्चाले उनलाई दिएको समर्थन फिर्ता लिएको छ।
तीन सांसद रहेको जनमोर्चाले गुरुङलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई गराएको छ।
पार्टी केन्द्रको निर्णय अनुसार नयाँ बन्ने सरकारको पक्षमा उभिने जनमोर्चा सांसद पियारी थापाले बताइन्।
विपक्षी चार दलका सांसदको हस्ताक्षरसहित कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने गरी प्रदेश प्रमुखकहाँ जाने तयारी ती दलले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।