हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा शनिबार एकजना प्रहरी कर्मचारीको शव फेला परेको छ।
उच्च अदालत पाटनको हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो।
गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयवासीले शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।