म्याग्दी– मालिका गाउँपालिकाले कोरोना संक्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ।
कोरोना संक्रमितको उपचार गर्न वडा नम्बर ६ दरबाङ छयारछयारेस्थित बहुउद्देश्ययीय सभा हलमा अक्सिजनसहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाका स्वास्थ्य सह–संयोजक राजेश थापाले जानकारी दिए।
यसअघि गाउँपालिकाले दरबाङस्थित जनप्रिय माविको विद्यालय भवनमा पाँच शय्याको कोरोना अस्पताल बनाएको थियो। सो कोरोना अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था गरिएको थियो।
अहिलेसम्म गाउँपालिकाको आइसोलेसनमा कोरोना संक्रमित भने भर्ना भएका छैनन्।
आइसोलेसनमा स्वास्थ्यकर्मीको व्यवस्था गरिने स्वास्थ्य संयोजक थापाले जानकारी दिए। आइसोलेसन वार्डमा अक्सिमिटर र अक्सिजनको व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।