• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

अस्ताए प्रचार नचाहने लजालु गायक प्रेमध्वज प्रधान

64x64
पुष्पा थपलिया शुक्रबार, वैशाख २४, २०७८  १०:१६
1140x725

घुम्तीमा नआउ है आँखा तिमी जुधाउन 
बाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन

एउटा गाउँले केटो साइकल चढेर काठमाडौं जागिर खान आउँछ। घुम्तीमा एउटी केटी सधैं आइरहन्छिन्। दुवैको आँखा घरीघरी जुध्छ, तर बोलचाल भने हुँदैन। यसै विषयमा प्रेमध्वजकी आमाले गीत लेख्न लगाइन्। 

गीतकार रत्नशमशेर थापाले गीत लेखे। प्रेमध्वज आफैंले संगीत भरे र गाए। गीत कालजयी बन्यो।

यस्तै अर्को पनि छ, प्रेमध्वजलाई आमाले गीत लेख्न दिएको कथा:

पहिले काठमाडौं सानो थियो। अहिलेको जस्तो घना बस्ती थिएन। बालाजु त्यो समयको पहाड हो, गाउँ हो। त्यहाँका मानिसहरू तरकारी बेच्न काठमाडौं आउँथे र सामान किनेर फर्कन्थे। 

त्यही सिलसिलामा काँठ भेगकी एउटी केटी तरकारी बेच्न काठमाडौं आउँछे। उसको ठमेलको केटासँग माया बस्छ। केटाले तिम्रो घर कहाँ हो भनेर केटीलाई सोध्दा बालाजु माथिको पहाड देखाइदिन्छे। केटो केटीको घर खोज्न जान्छ तर गोरेटो मात्रै भेट्छ। यही बिषयमा रत्नशमशेरले अर्को गीत लेखे र प्रेमध्वजले गाए।

गोरेटो त्यो गाउँको लौन आज खोजी खोजी थाकें नि
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ 

प्रधानकी आमा गायिका भएकाले रोमान्टिक थिइन्। त्यसैले विभिन्न कथा सुनाउँदै गीत लेख्न उक्साउथिन्। गायक तथा संगीतकार प्रेमध्वन प्रधानको निधन भएसँगै लेखक तथा गीतकार राजेन्द्र थापाले स्मरण गरेका गीतका कथा हुन् यी।

गोरो अनुहार, अग्लो शरीर, मसिनो स्वरमा बोल्ने लजालु स्वभाव र टाउको झुकाएर हिँड्ने बानी राजेन्द्रको आँखामा आउने प्रेमध्वज हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

८५ वर्षको उमेरमा निधन भएका प्रेमध्वजका धेरै यादहरू छन् राजेन्द्रसँग। प्रेमध्वज असन किलागलमा जन्मिए पनि पछि राजेन्द्र थापाको छिमेकी बन्न आइपुगेका थिए डिल्लीबजारमा।

राजेन्द्रभन्दा प्रेमध्वज झण्डै दुई दशक जेठा हुन्। उनले विगत स्मरण गर्दै भने, 'हामी प्रेम दाइलाई नमस्कार गथ्र्यौं, किनभने उनी चर्चित गायक बनिसकेका थिए।'

राजेन्द्र आर्मीमा थिए, ज्यान कता हुन्छ थाहा हुँदैनथ्यो। राम्रोसँग बोलचाल नभएरै प्रेमध्वजले राजेन्द्रका दुई वटा गीत गाए। फूलको बयानमा बोलको गीत २०२९ सालमा रेकर्ड भयो। लगत्तै २०३० सालमा 'फुर्सत भए आऊ छेउ बस यहाँ' भन्ने गाए। राजेन्द्रले भने, 'यी दुवै त्यो समयमा हिट गीत हुन्।'

यी दुई गीत गाउन्जेल दुई जनाको गतिलो गफ भएको थिएन। राजेन्द्रका साथीसमेत रहेका संगीतकार शिव शंकरले मागेर लगेका गीत प्रेमध्वजले गाएका थिए। पछि २०३४ सालमा प्रेमध्वजले राजेन्द्रको अर्को गीत पनि गाए, पर लैजाउ फूलहरू। यो गीतपछि भने दुई जनाको सम्बन्ध बाक्लिन थाल्यो। राजेन्द्र भन्छन्, ‘हाम्रो सम्बन्ध नजिकिनुमा प्रेम दाइको बिहे मेरी बहिनीकी मिल्ने साथीसँग हुनु पनि हो।’

Xtrem

Xtrem

राजेन्द्रले नै प्रेमध्वजलाई संगीतकार अम्बर गुरुङसँग भेट गराइदिए। दुई जनाको सहकार्य लामो समयसम्म चल्यो।

प्रेमध्वज कसैलाई नाईँ भन्न सक्दैनथे। ‘एकपटक गोरखापत्रमा समाचार आयो, प्रेमध्वजले जस्तो पायो त्यस्तै गीत गायो भनेर,’ राजेन्द्रले भने, ‘मैले प्रेम दाई किन यस्तो भनेर सोधेको उहाँले गीत ल्याउँछन् तिम्रो राम्रो छ गाउँछु, तिम्रो राम्रो छैन गाउँदिन भन्नै सक्दिनँ भन्नुभयो।’

प्रेमध्वज अमेरिकन पुस्तकालयमा जागिरे बने। लामो समयसम्म त्यहाँ काम गरेर पेन्सन पनि पकाए। यसैको फाइदा उठाउँदै कुनै बिदेशी फिल्म आए हेर्न बोलाउँथे राजेन्द्रले स्मरण गरे। 

प्रेमध्वज भर्सटाइल सिंगर थिए । उनी जस्ता नोटमा पनि गीत गाउन सक्थे। राजेन्द्रले भने, ‘प्रेम दाई लो नोटमा बोल्थे, तर गीत गाउँदा भने उनको स्वरले संसार थर्काउँथ्यो।’

नेपाली सेनाले रंगशालामा पहिलोपल्ट जनतालाई देखाएको गीतिनाटकमा सबै प्रकारमा गीत प्रेमध्वजले गाएको पनि उनले स्मरण गरे। यस्तो भेराइटी स्वरमा गाउन सक्ने कमै गायक नेपालमा रहेको पनि उनको दाबी छ। गाउँदा गाउँदै नोट परिवर्तन गर्नसक्ने खुबी उनमा थियो।

प्रेमध्वजले पहिलो गीत २०१२ सालमा कलकत्ता गएर रेकर्ड गराएका हुन्। रेडियो नेपालमा त २००९ सालदेखि नै गीत गाउन थाले। उनीभन्दा झण्डै नौ बर्षपछि आएका नारायण गोपाल स्वर सम्राट बने तर प्रेमध्वजलाई त्यस्तो सम्मान मिलेन।

प्रेमध्वजलाई मिडिया र राज्यलेले महत्त्व नदिएको राजेन्द्रको विचार छ। उनी प्रचारमुखी नभएकाले यस्तो भएको पनि उनको सोचाइ छ। भने, ‘प्रेम दाइ प्रचार नचाहने स्वभावको हुनुहुन्थ्यो, कार्यक्रममा प्रमुख अतिथि बोलए पनि म पछाडि ठिक छु, अरुलाई बनाउ भन्नुहुन्थ्यो।’

नेपालले सम्मान नगरेपनि भारतकी संगीतकार जयादेवीले प्रेमध्वजलाई 'द गोल्डेन भ्वाइस अफ एसिया'को उपाधि दिएको थापाले बताए। 

प्रेमध्वजको सांगीतिक यात्रा

प्रेमध्वजकी आमा प्राणदेवी प्रधान, राजा त्रिभुवन हुँदा दरवारमा मनोरञ्जन दिने गर्ने कामका लागि गएकी थिइन्। १० बर्षदेखि १९ बर्षसम्म दरवारमा बिताएकाले उनी संगीतमा पोख्त बनिन्। 

आमा तुलाधर र बाबु प्रधान भएकाले प्रेमध्वजका बाबुआमाले अन्र्तजातीय बिहे गरे। उनका बाबुआमा राजदरबारमा नाटक देखाउने क्रममा भेटेका थिए। दुबैमा प्रेम भएपछि बिहे भएको थियो। तर, बिहेलाई बाबुका घरपरिवारले स्वीकार गरेन। जुद्दशमशेरको रहोबरमा उनीहरूको सम्बन्धबिच्छेद भयो। बाबुले प्रेमध्वज जन्मेको ६ महिनामा मास्के थरकी अर्की केटीसँग बिहे गरेका थिए। 

प्रेमका बाबुले रेडियो किनेका थिए। रेडियोमा हिन्दी गीत मात्रै बज्थ्यो। सबै जना सुतेपछि सानो आवाज बनाएर उनी गीत सुन्थे। त्यही मोहले तानेर नै उनलाई संगीतमा रुचि जाग्यो। साथमा उनकी आमा थिइन्, प्रेमध्वजकी पहिलो संगीत गुरु।

उनको लक्की नम्बर ३ हो। गुरु पनि तीन जना नै। पहिलो गुरु आमा, दोस्रो गुरु उस्ताद गणेशलाल श्रेष्ठ र तेस्रो गुरु भारतीय संगीतकार जयदेवी। 
रेडियो नेपालमा हरेक आइतबार स्वर परीक्षा हुन्थ्यो। त्यही हेर्नका लागि उनी एकजना साथी लिएर रेडियो नेपाल पुगेका थिए । स्टुडियोमा कलानाथ अधिकारीका छोराले हार्मुनियमको तीनओटा कि थिचेर हिन्दी गित गाइरहेका थिए। 

प्रेमध्वजलाई आमाले हार्मुनियम र तवलाको ताल सिकाएकी थिइन्। यस्तो केहि बजाउन नआउनेले त गाउँदा रहेछन् म पनि कोशिस गर्छु भन्ने सोचेर उनले गीत गाए। 

नतिजा आएपछि उनको नाम क श्रेणीमा थियो । यसले निकै हौसला प्रदान ग¥यो।

प्रेमध्वजले चर्चित गीतहरू घुम्तीमा नआऊ है, पर लैजाउ फूलहरूलगायत एक हजारभन्दा धेरै नेपाली गीत गाएका छन् । त्यस्तै राजामती कुमती जस्ता चर्चित नेवारी गीतको संख्या एक सयजति छ। करिब तीसवटा जति भजन गाएका छन्। 

अब प्रेमध्वज प्रधाजको पार्थिव शरीर हामीमाझ छैन । उनी सदाका लागि अस्ताए। तर, उनको स्वर भने सदा गुन्जिरहनेछ। 

हार्दिक श्रद्धासुमन द गोल्डेन भ्वाइस अफ एसिया प्रेमध्वज प्रधान।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
कांग्रेसको महाधिवेशनमा युवाको दबदबा, ४४ हजारले पाए पद र झण्डै एक लाख बने प्रतिस्पर्धी सोमबार, असोज १२, २०८३
खाद्य आयातको अनुमति मिलाइदिने भन्दै २८ लाख असुल, विभागका अधिकृतसहित चार जनाविरुद्ध मुद्दा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्