• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वैशाख २७ मा ओलीले दोहोर्‍याउलान् ‘लुम्बिनी मोडल’?

64x64
दुर्गा दुलाल शुक्रबार, वैशाख २४, २०७८  १०:००
1140x725

काठमाडौं- आइतबार लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्तावमा छलफल सुरु हुने तय भएको थियो। तर, आफ्नो पक्षमा बहुमत नपुग्ने संकेत पाएपछि मुख्यमन्त्री पोखरेलले सोही दिन बिहानै राजीनामा दिए। कामचलाउ मुख्यमन्त्रीको रुपमा प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरे। त्यसैले अविश्वासको प्रस्तावमाथिको प्रक्रिया अघि नै बढ्न पाएन।

पोखरेलले राजीनामा दिए लगत्तै पुनः मुख्यमन्त्री बन्ने प्रयास सुरु गरे। तर, उनले आफ्नै पक्षमा गणना गरेका सांसद्हरु विपक्षीतिर खुल्न थाले। विपक्षी गठबन्धन बनाएका कांग्रेस, माओवादी केन्द्र तथा जसपा लगायतले पोखरेलको पक्षमा बहुमत नरहेको बरु आफूहरुसँग रहेको दाबी प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष गरे। तर, एमालेकै कोटामा प्रदेश प्रमुख भएका यादवले पोखरेललाई सघाए। विवादास्पद रुपमा मुख्यमन्त्री नियुक्त गरे।

प्रदेश सभामा तत्काल कायम रहेका ८१ सदस्यमध्ये कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षी पार्टीहरुले आफ्नो पक्षमा ४२ जना रहेको सार्वजनिक गरिरहेको बेलामा पोखरेलले पनि ४२ सांसद बराबरको हस्ताक्षर पेश गरेर नियुक्ति लिएका थिए। प्रदेश प्रमुख यादवले उनले बुझाएको हस्ताक्षरको आधारमा अन्य दलको हस्ताक्षरलाई बेवास्ता गरेका थिए। उनको सो कदम संविधानविपरीत रहेको भन्दै विपक्षीले विरोध जनाए, जनाइरहेका छन्।

मुख्यमन्त्रीका रुपमा पोखरेललाई सपथ खुवाउन नदिन विपक्षी नेताहरुले प्रदेश प्रमुख कार्यालयमा धर्ना दिए। तर प्रदेश प्रमुख यादव मुख्यमन्त्री कार्यालय पुगेर पोखरेललाई सपथ खुवाए।

पोखरेलले पदमुक्त भइसकेका माओवादी केन्द्रका दुई सांसद, माओवादी प्रवेश गरेकी विमला ओली र एमालेबाट राजीनामा दिएका दृगनारायण पाण्डेयको पनि हस्ताक्षर समावेश गरेको विपक्षीहरुले दाबी गरिरहेका छन्। 

यसरी बहुमत भए नभएको प्रदेश सभामा सिद्ध गर्नुपर्ने र त्यो प्रक्रिया अघि बढ्नै लागेको बेलामा पोखरेलले विवादास्पद प्रक्रियामार्फत आफ्नो पद लम्ब्याए।

प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका मुख्यमन्त्री पोखरेल अपनाएको गैर(संसदीय शैली अब संघमा पनि दोहोर्‍याइने हो कि भन्ने आकलन सुरु भएको छ। प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरिएको छ। प्रतिनिधि सभा विघटनदेखि अध्यादेश ल्याउनेसम्मका कार्य गरेर संविधानको अपेक्षा विपरीतका काम गर्दै आएका ओलीले विश्वासको मत लिने चाहनालाई शंकास्पद दृष्टिबाट हेरिएको हो।

संविधानको अपव्याख्या गरेर वा कुनै खालका प्रक्रिया मिचेर राष्ट्रपति विद्यादेवी भण्डारीको सहयोगमा उनी प्रधानमन्त्रीमा लम्बिन सक्ने आकलन सुरु भएको हो। त्यस्तो आकलन विपक्षी पार्टीका नेताहरु तथा संविधानका जानकारहरुले गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

ओलीका विकल्पहरु
प्रधानमन्त्री ओलीले साँच्चै नै विश्वासको मत लिन खोजेका हुन् वा अरु कुनै रणनीतिका साथ यो निर्णय सार्वजनिक गरेका हुन् भन्ने चर्चा अहिले राजनीतिक वृतमा छ। यसअघि माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधि सभाको बैठकबाटै चैत २३ भित्र सरकारले विश्वासको मत लिनुपर्ने तर्क अघि सारेका थिए। उनले फागुन २३ गतेको फैसला अनुसार नेकपाबाट एमाले र माओवादी केन्द्र अलगअलग दल बनेकाले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बताएका थिए। उक्त प्रश्नको जवाफमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार अल्पमतमा पनि नरहेको र कुनै समस्या नभएकाले विश्वासको मत लिनुपर्ने आवश्यकता नभएको जवाफ दिएका थिए।

सरकारले पुनःस्थापित प्रतिनिधि सभालाई बिजनेश नदिएर हिउँदे अधिवेशन गुजारेको थियो। तर बर्खे अधिवेशन बोलाउनुपर्ने समयमा भने विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने भनिएको छ। प्रधानमन्त्रीले संसदको अधिवेशन अत्य गरेको दुई हप्तामै विशेष अधिवेशन बोलाउनुलाई ‘लुम्बिनी मोडल’को प्रयोग गर्न आँटिएको हो कि भन्ने चर्चा गरिएको हो।

ओलीप्रति मुख्यतः दुई आशंका व्यक्त भएका छन्। पहिलो, उनले पदबाट राजीनामा घोषणा गर्ने। अनि बहुमत सांसदको हस्ताक्षर बुझाएर संविधानको धारा ७६(२) अनुसारको संयुक्त सरकारको प्रधानमन्त्री भएको भन्दै सपथ लिने। राष्ट्रपति आफू अनुकूल भएकाले उनलाई कुनै कठिनाइ हुनेछैन। 

जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो पनि ओली निकट छन्। उनीहरुले पनि पार्टीभित्र हस्ताक्षर संकलन गरिरहेका छन्। आफ्नो पक्षका सांसद्हरुको कुनै प्रसंगको हस्ताक्षर र जसपाको ठाकुर(महतोको तर्फबाट उपलब्ध  सांसदहरुको हस्ताक्षर जुटाएर उनले प्रधानमन्त्री दाबी गर्ने र तत्कालै प्रधानमन्त्री नियुक्त भइहाल्ने हुनसक्छ।

दोस्रो, उनले विश्वासको मत लिने प्रक्रियामा सहभागी हुने। विश्वासको मत प्राप्त भएमा उनको पद जोगिई हाल्यो। प्राप्त नभएमा, संविधानको धारा ७६ को उपधारा ३ अनुसार, प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा तुरुन्तै प्रधानमन्त्री नियुक्त हुने। 

यो विकल्पमा जाँदा उनले ३) दिनपछि फेरि विश्वासको मत लिनुपर्ने हुन्छ। त्यतिबेला उनले विश्वासको मत लिन नसकेमा संविधानको धारा ७६ (५) बमोजिम अर्को प्रधानमन्त्री बन्ने सम्भावना असम्भवप्रायः छ। वा ओलीले आफैं दाबी गर्न सक्छन्। त्यसपछि उनलाई दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्न सहज हुनेछ। जुन संविधानकै बाटो अनुसार हुनेछ।

के भन्छन् संविधानविद्
सवैधानिक कानुनका जानकार र पूर्वन्यायाधीशहरुले भने प्रधानमन्त्री ओलीले राजीनामा दिएमा वा विश्वासको मत पाउन असफल भएमा राष्ट्रपतिले नयाँ सरकारका गठनको प्रक्रिया सुरु गर्नुपर्ने तर्क गर्छन्। धारा ७६ (३) अनुसार ओली नै प्रधानमन्त्री बन्नुभन्दा अघि विपक्षी दलहरुले ७६(२) अनुसार संयुक्त सरकार बनाउने अवसर पाउनुपर्ने उनीहरुको तर्क छ। यो प्रक्रिया पूरा भएपछि मात्र ७६(३) मा जाने उनीहरु बताउँछन्।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी अब प्रधानमन्त्री ओलीले कुनै पनि दाबीमा भाग लिन नमिल्ने बताउँछन्। प्रतिनिधि सभा विघटन बदर भएपछि लिनुपर्ने विश्वासको मत अहिले लिन खोज्नु आफैंले प्रतिनिधि सभा बोलाएको र त्यहाँ ‘फेस’ नगरी राजीनामा गरेर अरु षडयन्त्र गर्न नमिल्ने उनको तर्क छ। विश्वासको मत लिन असफल भएमा ओलीले आफू बाहेक अरुलाई सरकार बनाउन दिनुपर्ने उनको तर्क छ।

‘यो अवधिका लागि प्रधानमन्त्रीमा ओलीले दाबी गर्न मिल्दैन। भारतमा राजीव गान्धीले छोडेका थिए’, केसीले भने, ‘विश्वासको मत लिन नसकेमा दाबी नै गर्न अयोग्य हुन्।’

सुरुमा एकल सरकार, फेरि मिलिजुली, अब फेरि म अर्को प्रधानमन्त्री भनेर ओलीले दाबी गर्नु संवैधानिक नैतिकता नहुने उनको तर्क छ।

‘राष्ट्रपतिले अरुलाई मौका दिने हो। मेरो विचारमा अब अरुको नेतृत्वमा सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ। ओलीले नै लिने कुराचाहिँ निर्वाचनमा गएर ताजा जनादेश लिएर आए भने फरक कुरा हो’, उनले भने।

‘अदालतले पुनःस्थापना गरेपछि आफैंले ‘म बस्दिनँ’ भनेर प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो। नभए त्यतिबेलै विश्वासको मत लिनुपर्ने थियो’, उनले भने, ‘पुनःस्थापित संसदमा एक पटक पनि नगई उनले अधिवेशन अन्त्य गरे। उनले ‘हर्स ट्रेडिङ’ कार्य खुल्लमखुल्ला गरिरहेको देखिन्छ।’

‘मैले गल्ती गरेँ’ भनेर पदबाट हट्नुपर्नेमा फेरि प्रधानमन्त्री बन्न अनेक जालझेल गर्न नमिल्ने उनको तर्क छ। विशेष अधिवेशन बोलाउने उद्देश्य नै गलत भएको उनको भनाइ छ। प्रधानमन्त्रीले  संसद र अदालतलाई  हेपेको उनी बताउँछन्।

त्यस्तै, वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले अब प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बाहेक अन्यतिर लाग्ने कार्य संविधान अनुसार नहुने बताए। विश्वासको मत नपाएमा राष्ट्रपतिले नयाँ सरकारका लागि सार्वजनिक आह्वान गर्नुपर्ने उनले बताए। धारा ७६ (२) अनुसार राष्ट्रपतिले विपक्षीहरुलाई बहुमतको सरकार बनाउने मौका दिनुपर्ने उनको तर्क छ। ‘राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्छ’, शाक्यले भने, ‘अरु दलले पनि बहुमत पुर्‍याउने अभ्यास गर्न पाउँछन्। उनीहरुले बहुमत पुर्‍याउन नसके मात्र अर्को धारामा अघि बढ्छ।’

वरिष्ठ अधिवक्ता विपिन अधिकारीले प्रधानमन्त्री विश्वासको मत लिन असफल भएमा धारा ७६ (२) अनुसारको नयाँ सरकार बनाउन छलफल गराउनुपर्ने बताए। राष्ट्रपतिले नयाँ सरकार गठनको प्रस्ताव आह्वान गर्नुपर्ने अनि विपक्षी लगायत सबैले बहुमत पुर्‍याउने प्रक्रियामा सहभागी भएर प्रधानमन्त्री बन्ने संवैधानिक अभ्यास हुनुपर्ने उनले बताए।

‘प्रधानमन्त्री र राष्ट्रपतिलाई मन लाग्दैमा संविधानको कुनै अमुक धारा मात्र प्रयोग गरेर प्रधानमन्त्री बनाउन मिल्दैन’, उनले भने, ‘यसो गरिएमा यो कार्य फेरि अर्को असंवैधानिक कदम हुने छ।’

अधिवक्ता सुनीलकुमार पोखरेलले संविधानले तोकेका सबै प्रक्रिया पूरा गरेर नियुक्त गर्नुपर्ने बताए। संविधानको धारा ७६(२) बमोजिमको वर्तमान प्रधानमन्त्री ओलीले २७ गते विश्वासको मत नपाएमा सोही साँझ राष्ट्रपतिबाट पुनः ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नियुक्ति लिन हल्ला सुनिएकाले त्यसो भएमा त्यस्तो कार्य गैरसंवैधानिक हुने उनको दावी छ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण... मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीच विवाद भएपछि बसमा आगलागी भएको र चालकको मृत्यु भएको... मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा बैठकले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतका विषयमा निर्णय लिनेछ। मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्