buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार ९, २०८३ Tue, Jun 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

डाँडामा  डोजर, बस्तीमा पहिरो : एकीकृत बस्ती नै उच्च जोखिममा

64x64
महेश न्यौपाने शनिबार, वैशाख २५, २०७८  ०९:४९
1140x725

रोल्पा-  फुलिवनमा भएको घर जग्गा पहिरोले चिराचिरा भएपछि ४५ वर्षीय हर्कु विक पेघाधारा सरे। गत वर्षको वैशाखमा पेघाधारा पनि पहिरोले बगाउन थाल्यो। त्यसपछि घर छाडेर सपरिवार पाँच महिनासम्म श्रीमतीसहित ससुरालीमा बसे। पहिरो पीडितहरूका लागि नयाँ घर बनेपछि उनको परिवार झङ्कीधारामा सरेको छ। पहिरोकै कारण दुई पटक बसाइँ सरिसकेका उनको यो तेस्रो बासस्थान हो। यो बास पनि उनका लागि सुरक्षित हुन सकेन। चियावाङको पुरानो पहिरो र नयाँ बस्तीमा खनिएको बाटोका कारण दोहोरो त्रासको सिकार भएका छन् हर्कु विक। 

पुर्ख्यौली घर पहिरोले बगाएपछि सुनछहरी गाउँपालिका–१, सेरम दाङबासाका ५१ वर्षीय रणे घर्ती पनि नयाँ बस्ती झङ्कीधारामा सरेका छन्। गाउँपालिकाले तोकेको क्लष्टरमा ६० हजार रूपैयाँमा घडेरी खरिद गरेका उनले हरियो टिनको छाना भएको दुई कोठे घर बनाए। डाँडामा भएका कारण दिउँसो हावाहुरीले घर उडाउला जस्तो हुन्छ। हावाहुरी त जसोतसो झेल्दै आएको उनको परिवार पानी पर्दा भने रातभर जाग्राम बस्छ। पहिरोले कतिबेला घर बगाउने हो भन्ने चिन्तामै एक बर्सात गुजारेका उनलाई हिउँदमा पानी पर्दा पनि त्यही त्रासले सताइरहन्छ। 

झङ्कीधाराका ६ वटा घर भाडामा लिई सञ्चालन भइरहेको शाखा प्राथमिक विद्यालयमा १५० विद्यार्थी अध्ययनरत छन्। एकीकृत बस्तीभित्र निर्माण हुँदै गरेको विद्यालय भवन निर्माण सम्पन्न भइसकेको छैन। त्यसैले मासिक ६ हजार रुपैयाँ भाडा तिर्ने गरी विद्यालय भाडाको घरमा सञ्चालन भइरहेको छ। भाडामा सञ्चालित विद्यालय र निर्माणधीन विद्यालयको उत्तर पश्चिमतर्फ आएको पहिरो र पूर्वदक्षिणमा खनिएको सडकका कारण पहिरोको उच्च जोखिम छ। विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मात्र होइन, अध्यापन गर्ने शिक्षकहरूको पनि बर्सातमा कुन बेला पहिरो जाने हो भनी डरतिरै ध्यान जान्छ। 

गाउँपालिकासँग छैन बस्ती हस्तान्तरण र एकीकृत बस्ती विकास कार्यविधि।

रोल्पा सुनछहरी गाउँपालिका–१ झङ्कीधाराका स्थानीयहरूले भोग्दै आएको समस्या हो यो। साविक सेरम गाविस–५ मा रहेका १०५ घरधुरीमध्ये ४० घर पहिरोको उच्च जोखिममा परेका थिए। त्यसपछि गाउँपालिकाको पहल र लुम्बिनी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको सहजीकरणमा बस्ती स्थानान्तरण योजना अघि बढ्यो। भौतिक विकास पूर्वाधार मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा बस्ती स्थानान्तरण गर्ने गरी आर्थिक वर्ष २०७५/७६ मा डीपीआर तयार गरियो। एकीकृत नयाँ बस्तीमा संरचना निर्माणको काम भने आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको हो। 

अन्य क्षेत्रको तुलनामा सुरक्षित रहेको निष्कर्ष
तत्कालीन मन्त्री केसीसहितको एक टोली र मन्त्रालयका सचिव शंकर खरेल नेतृत्वको अर्को टोलीसमेतले स्थलगत अवलोकन गरेको थियो। टोलीमा परामर्शदाताको रूपमा भूगर्भविद्समेत संलग्न थिए। टोलीले अध्ययनका क्रममा प्रस्तावित नयाँ बस्ती अन्य क्षेत्रको तुलनामा सुरक्षित रहेको निष्कर्ष निकाल्यो। त्यसपछि मन्त्रालयले बस्ती स्थानान्तरणका लागि बजेट विनियोजन गरेको थियो।

‘मन्त्रालयको टोलीले बस्ती स्थानान्तरणका लागि स्थान ठिक रहेको भनेपछि गाउँपालिका उपाध्यक्ष पवित्रा घर्ती मगरको संयोजकत्वमा गठित सहजीकरण समिति र पहिरो प्रभावितहरूको सहमतिमा सो स्थानमा एकीकृत बस्ती विकासको काम अगाडि बढाइएको हो’ सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

पहिरो प्रभावितहरूले पनि प्रस्तावित बस्तीमा आफूहरू स्थानान्तरण हुनमा समस्या देखेनन्। गाउँभन्दा बाहिर स्थानान्तरण हुँदा जीविकोपार्जनमा समस्या पर्ने डरले पनि सो स्थान उनीहरूको रोजाइमा परेको थियो। पहिरो प्रभावितहरूमध्ये एक हर्कु विकको भनाइ छ– ‘घरलाई पहिरोले क्षति गरे पनि पुर्ख्यौली सम्पत्ति सोही आसपासका क्षेत्रमा छ। पहिरोले घर लगे पनि पाखो जग्गा बचेको छ। त्यसको आशामा नजिकै बस्न चाह्यौं।’

एकीकृत बस्तीमा घर र शौचालय निर्माणका लागि उनीहरूको खातामा प्रदेश सरकारबाट तीन लाख ५० हजार रूपैयाँका दरले बजेट आएको थियो। खानेपानी, सडक, विद्यालय र सामुदायिक भवन भने ठेक्कापट्टाबाट निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत पुनले बताए। 

योजनाको कुल लागत १५ करोड रूपैयाँ रहेको छ। हालसम्म ४० वटा भवनका लागि एक करोड ४० लाख, तटबन्धका लागि दुई करोड, खानेपानी योजनाका लागि तीन करोड, सडकका लागि पाँच करोड रूपैयाँको काम भइसकेको छ। तटबन्धका लागि थप रकम ३० लाख र विद्यालय एवं सामुदायिक भवन निर्माणको पाँच करोड रूपैयाँको काम भइरहेको छ।  

पेघाधारा, दाङबासा र वाछेम गरी तीन क्लष्टर बनाएर बस्ती स्थानान्तरण गरिएको छ। ती क्लष्टरमा जग्गा हुनेले त्यसैमा घर निर्माण गर्ने र जग्गा नहुनेले घडेरी किनेर घर बनाउनुपर्ने भयो। एकीकृत बस्ती बन्ने भनेपछि जग्गाको भाउ एक्कासी बढ्यो। ८/१० हजारमा घडेरी पाइने गरिएकोमा ६० हजार रूपैयाँमा घडेरी किन्न बाध्य भएको रणे घर्तीले बताए।

उस्तै छ प्रभावितहरूको पीडा
एकीकृत बस्तीमा निर्माण गरिने संरचना तयारीको अन्तिम चरणमा भएपनि प्रभावितहरूको पीडा भने जस्ताको तस्तै छ। २०७७ साउनमा पहिरो जाँदा नयाँ बस्तीका चार घर क्षतिग्रस्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनले बताए। घरमुनिबाट गएको पहिरोले नयाँ बनेका घरमा क्षति पुर्‍याउँदा लाखौंको क्षति भएको स्थानीयको भनाइ छ। क्षतिको यकिन लेखाजोखा भने भएको छैन।

सुनछहरी गाउँपालिकाको आवधिक विकास योजना (२०७६/७७—२०८१/८२) मा ‘वातावरणीय अनुकूलतामा आधारित पूर्वाधार’मा जोड दिएर पहिरो नजाने ठाउँमा मात्र सडक बनाउने उल्लेख छ। गाउँपालिकाले त्यसको पालना गर्न सकेको देखिएन। नीति, नियम भएपनि विभिन्न दबाब र प्रभावका कारण त्यसको पूर्ण पालना गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत पुनको स्वीकारोक्ति छ। त्यसो त गाउँपालिकासँग बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती विकास कार्यविधि पनि छैन। कार्यविधिबिना नै योजना कार्यान्वयन गरिनु गाउँपालिकाको कमजोरी थियो। ‘कार्यविधि बनाएर कार्यान्वयन गर्दा राम्रो हुन्थ्यो, त्यसो गर्न सकिएन’, पुनले भने। 

फुलिवनवाट सेरम जोड्ने सडक निर्माण आर्थिक वर्ष २०७३/७४ मा शुरु गरिएको थियो। फुलिवन बजारमुनि नागबेली झैं घुमाएर सेरम गाउँ जोड्ने योजनासहित उक्त सडक निर्माण थालिएको थियो। आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा निर्माण कार्यलाई निरन्तरता दिइयो। आर्थिक वर्ष २०७५/७६ मा पहिरो जान थालेपछि सडक निर्माण कार्य स्थगित भएको सुनछहरी गाउँपालिका–१ का वडाध्यक्ष महावीर रानामगरले बताए। सोही सडक निर्माणका कारण एकीकृत बस्तीमा पहिरो जान थालेको हो।

वातावरण संरक्षणका लागि स्थानीय सरकारसँग भएका दस्तावेज पनि कार्यान्वयन भएनन्।

एकीकृत बस्ती नजिक पर्ने फुलिवन बजारमा कुनै बेला निकै चहलपहल हुने गर्दथ्यो। बजार तलबाट खनिएको सडकका कारण बजार क्षेत्र नै पहिरोले तान्न थालेपछि भने होटलमा बास बस्न आउनेहरूको संख्या शून्यमा झरेको छ। फुलिवन बजारमा रहेको होटलमा थवाङ, उवा तथा रुकुम पूर्वबाट आवतजावत गर्नेहरू खाना खाने तथा बास बस्ने गर्थे। जर्मन सहयोग नियोग (जीटीजेड) ले २०६५ सालमा कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत वातावरणमैत्री ढङ्गले सुलिचौर–थवाङ सडक निर्माण गरेको थियो। 

सुलिचौरबाट थवाङ जोड्ने सो सडकको फुलिवन खण्डलाई २०७३ सालपछि चौडा गर्ने तथा शाखा सडक बनाउने नाममा वातावरणीय प्रभाव मूल्यांकन नगरी डोजरको जथाभावी प्रयोग गरियो। सोही कारण सो क्षेत्रमा पहिरो जान थालेको अनुभव स्थानीयवासीको छ। दुई वर्षअघि सडकभन्दा माथिबाट आएको पहिरोमा परी सोही ठाउँका १५ वर्षीय शुकबहादुर घर्तीको ज्यान गएको थियो।

अन्य वडा पनि सुरक्षित छैनन्
नयाँ बस्तीमा पहिरोको समस्या देखिनुका कारणहरूमा सडक निर्माण मात्रै नभएर त्यहाँको भौगर्भिक संरचना पनि भएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनको भनाइ छ। उनले भने, ‘यस विषयमा गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकमा समेत कुरा उठेको छ। नयाँ बस्तीमा देखिएको जोखिम न्यूनीकरणका लागि सुरक्षाका विभिन्न उपाय अवलम्बन गरिनेछ। नयाँ बस्तीमा थप तटबन्धन गरी बस्तीलाई सुरक्षित गर्न प्रदेश सरकारलाई बजेट विनियोजनका लागि आग्रह गर्ने निर्णय गरेका छौं। बाढी पहिरो तथा अन्य विपतबाट सुरक्षित रहन बस्तीको मझगाउँमा सामुदायिक भवनसमेत निर्माण गरिएको छ।’

विपतको समयमा आश्रय दिने उद्देश्यले निर्माण गर्न थालिएको सामुदायिक भवन आफैं पहिरोको उच्च जोखिममा देखिन्छ। सुनछहरी गाउँपालिकाका अन्य वडा पनि पहिरोको उच्च जोखिममा छन्। गाउँपालिकाको वडा नंं ४ र ५ का ३६० घर अत्यन्तै जोखिममा रहेको गाउँपालिका अध्यक्ष पुनले बताए। वडा नं. ६ फगामको आप्राखोला पहिरोले पनि स्थानीयवासीलाई त्रस्त बनाउँदै आएको छ। अध्यक्ष पुनका अनुसार, पहिरोले बस्ती नै उजाड बनाउनुका साथै ठूलो मात्रामा धनजनलाई क्षति पुर्‍याइरहेको छ। पहिरोको कारण धेरै गाउँहरूको स्वरुप पनि बदलिएको छ।

(यो आलेख इन्टरन्यूज/अर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले सञ्चालन गरेको वातावरण पत्रकारिता रिपोर्टिङ कार्यशालाको लेखनवृत्तिका रुपमा तयार पारिएको हो।)

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ०९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
रास्वपाको बन्दसत्र आजलाई स्थगित सोमबार, असार ८, २०८३
राहदानी छपाइ ठेक्का प्रकरण : विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्