• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ११, २०८३ Thu, Jun 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव, सिलिण्डर उपलब्ध गराउन मुख्यमन्त्रीको आग्रह

64x64
रासस बिहीबार, वैशाख २३, २०७८  ११:३०
1140x725

बुटवल– बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ। बिरामीले भरिएको अस्पतालमा अक्सिजन अपुग भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन्। चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीका आफन्तले अक्सिजनका लागि पहल गर्न फोन, सामाजिक सञ्जाल तथा पत्रकारलाई समेत फोन गरेर आग्रह गरेका छन्।

अक्सिजन सप्लायर्सले समयमा आपुर्ति नगरीदिँदा अस्पतालमा मौज्दात अक्सिजन सकिएपछि अस्पतालमा भर्ना भएका बिरामीको उपचारमा समस्या हुने देखिएको छ। लुम्बिनी प्रदेशिक र धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा कोरोना सङ्क्रमित बिरामी बढेपछि अक्सिजनको खपत पनि बढेको छ तर मागअनुसार अक्सिजन उपलब्ध नहुँदा अभाव भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। 

आज दिउँसोसम्मका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आपूर्ति नभए सघन उपचार कक्षमा उपचाररत बिरामीको अवस्था नाजुक हुनसक्ने उनले बताए।

दैनिक २०० सिलिण्डरको माग हुने अस्पतालमा दैनिक ८० देखि १०० सिलिण्डर मात्र रहेको र समयमा थप सिलिण्डर नआए बिरामीको ज्यान जोखिममा पर्ने सूचना अधिकारी डा गौतमले बताए।

जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दो भएकाले श्वासप्रश्वासमा समस्या देखिएका बिरामीलाई अक्सिजनको माग बढी छ । अस्पतालले अहिले नेपालगञ्जबाट अक्सिजन आपूर्ति गरेको छ।

अन्य जिल्लामा पनि अक्सिजनको माग बढी भएकाले सप्लायर्सले नियमितभन्दा धेरै आपूर्ति गर्न नसक्ने बताएपछि समस्या आएको अस्पतालले जनाएको छ।

अस्पतालले अन्य आपूर्तिको पहल भइरहे पनि अहिलेसम्म कुनै सप्लायर्ससँग सम्झौता हुनसकेको छैन। अस्पतालकै अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याइए पनि अपुग भएको छ।

प्रादेशिक अस्पताल मातहत रहेको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दैनिक १५० सिलिण्डरको खपत हुँदै आएको छ। कोरोनाका बिरामी बढेपछि त्यहाँ पनि माग बढेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा राजेन्द्र खनालले नागरिक हेल्प डेस्कबाट दैनिक ४०० देखि ५०० सिलिण्डर अक्सिजन आपूर्ति गरिदिन सामाजिक सञ्जालमार्फत याचना गरेका छन् । अहिले सप्लायर्सबाट आपूर्ति भएको १००–१५० सिलिन्डर अक्सिजनले थाम्न नसक्ने भएकाले थप सिलिण्डर आवश्यक भएको उनले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

“अझ हामीले दुई/चार दिनमै अर्को एचडीयू खोल्दा र अन्य अक्सिजन श्यया थप्दा सम्भव भए ३०–३५ श्ययाको अर्को कोभिड आइसीयू बनाउँदा कम्तीमा एक हजार सिलिन्डरको आपूर्ति हुनुपर्ने हुन्छ, कसरी व्यवस्था गर्नु”, उनले आफ्नो फेसबुकमार्फत सहयोगका लागि आग्रह गर्दै भनेका छन्।

लुम्बिनी प्रादेशि अस्पतालमा अस्पतालको फिवर क्लिनिकमा आउने कोरोना शङ्का लागेका बिरामीलाई पनि आकस्मिक कक्षमा  राखेर उपचारको व्यवस्था मिलाइएको छ।

अस्पतालमा दैनिक २०० भन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ।

अस्पतालमा फिवर क्लिनिकमा सात, कोरोना विशेष अस्पतालमा  अक्सिजनजडित श्यया (एचडीयू) ३६ तथा १५ वटा सघन उपचारकक्ष (आइसीयु) श्यया छन् । यीबाहेक बेञ्च तथा भुइँमै राखेर पनि अक्सिजनको सहायतामा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ।

अक्सिजनको अभाव भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले अस्पतालमा अक्सिजन सिलिण्डर उपलब्ध गराउन सबैलाई सहयोगका लागि आग्रह गरेका छन्।

 अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेशनमा अक्सिजन सिलिण्डर जम्मा भएका कारणले बिरामीको चाप भएका अस्पतालमा अभाव देखिएको जनाउँदै अस्पतालमा सिलिण्डर उपलब्ध गराउन उनले आज सामाजिक सञ्जालमार्फत आग्रह गरेका हुन्।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश स्थापना त्यसअनुसार कोशी प्रदेशमा छ, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा चार, लुम्बिनीमा सात, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा आठ वटा अस्थाय... बिहीबार, असार ११, २०८३
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार बिहान ५:३६ बजे स्थानीय मापन (एमएल) अनुसार ४.... बिहीबार, असार ११, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति धनादेवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सवडिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष... बुधबार, असार १०, २०८३
ताजा समाचारसबै
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश स्थापना बिहीबार, असार ११, २०८३
ज्वाला संग्रौलाले दिइन् आयोगमा उजुरी, नामबाट ‘ज्वाला’ हटाइएकोबारे छानबिन माग बिहीबार, असार ११, २०८३
व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौँ : मनिष झा बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? बुधबार, असार १०, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्