काठमाडौं– लुम्बिनी प्रदेश सरकारमा थप भएका तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
शपथ लिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव छन् ।
पोखरेलले यसअघि नै बैजनाथ चौधरी (थारु)लाई आर्थिक मामिला तथा योजनामन्त्री, हरिप्रसाद रिजाललाई ग्रामीण तथा सहरी विकास, सन्तोषकुमार पाण्डेयलाई भौतिक पूर्वाधार विकास, विजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरणमन्त्री तथा सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरेका थिए।
थप ३ जना मन्त्री नियुक्त गरिएसँगै पोखरेल नेतृत्वको मन्त्रीमण्डल १० सदस्यीय बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।