काठमाडौं– नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने भएको छ।
मंगलबार बसेको बैठकको निर्णय अनुसार सरकारलाई समर्थन नरहेको पत्र आज संसद सचिवालयमा बुझाउने तयारी भएको नेता देवेन्द्र पौडेलले नेपाल लाइभलाई जानकारी दिए।
मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो।
माओवादी केन्द्रले सर्मथन र्फिता लिएसँगै सरकार अल्पमतमा परेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्नु अघि नै संसदमा विश्वासको मत लिने निर्णय गरेका थिए। त्यसका लागि वैशाख २७ मा संसद बैठक आह्वान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।