बनेपा– कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा मंगलबार ७ जनाको मृत्यु भएको छ। धुलिखेल अस्पतालमा उपचाररत ४ कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरका ७८ वर्षीय, बनेपाका ४२ वर्षीय र ६२ वर्षीया, पनौती नगरककी ८० वर्षीया, भक्तपुरका ६२ वर्षीया र ६७ वर्षीय तथा महोत्तरी, जलेश्वरका ५० वर्षीया छन्। मण्डनदेउपुरका एक पुरुषको काठमाडौँको मेडिसिटी अस्पतालमा मंगलबार नै मृत्यु भएको हो।
पछिल्लो घटना विवरणानुसार कोरोना सङ्क्रमण भएको थाहा नभइ घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भई आएकाको अस्पताल आएको एकै दिनमा मृत्यु हुने गरेको केन्द्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।