• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

धनुषा, कञ्चनपुर, हुम्ला र नवलपुरमा निषेधाज्ञा

64x64
रासस मंगलबार, वैशाख २१, २०७८  ११:१२
1140x725

काठमाडौं– कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि धनुषा, कञ्चनपुर, हुम्ला र नवलपुरमा निषेधाज्ञा जारी गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। वैशाख ३१ गतेसम्मका लागि जारी  निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ।

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णयअनुसार वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो।

सोमबार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संयोजकत्वमा बसेको बैठकले औषधि उपचारबाहेक अन्य कार्यका लागि घरबाट बाहिर जान निषेध गरेको छ।  स्वास्थ्य सेवा, दुग्ध, पेट्रोलियमसम्बन्धी व्यापार व्यवसायबाहेकका अन्य व्यवसाय सञ्चालन गर्नमा रोक लगाइएको छ । तरकारी, खाद्य, फलफूलका व्यवसाय हरेक आइतबार, मङ्गलबार र बिहीबार मात्रै सञ्चालन गर्न पाइने निर्देशन जारी गरिएको छ 

मालबाहक ढुवानीका साधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ। सञ्चारकर्मीको हकमा नेपाल पत्रकार महासङ्घको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको पासका आधारमा आवतजावत गर्न सकिने छ। विवाह तथा व्रतबन्धको लागि अनुमति तथा पास जारी गर्ने कार्य सम्बन्धित ‘क’ वर्गको इलाका प्रहरी कार्यालयले बढीमा १५ जनासम्म सहभागी भई जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी अनुमति दिन सक्नेछ। अत्यावश्यक अवस्थामा नेपाल प्रवेश गर्न चाहने व्यक्तिले नेपाल सरकारद्वारा तोकिएको गड्डाचौकी र गौरीफन्टा नाकाबाट निर्धारित मापदण्ड पूरा गरी  आवागमन गर्न सकिने व्यवस्था गरिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

अन्य खुला सिमानाको जुनसुकै विन्दुबाट आवागमन नगर्ने, नेपाल प्रवेश गर्ने कञ्चनपुर जिल्लाको नागरिकको हकमा सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टिन, आइसोलेसन  बस्नुपर्ने तथा जिल्ला बाहिरका नागरिकको हकमा नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणपश्चात होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय तहको समन्वयमा गन्तव्यमा पठाइने व्यवस्था मिलाइएको छ। 

नवलपुर– नवलपरासी (बर्दघाट–सूस्तापूर्व)मा आज मध्यरातबाट निषेधाज्ञा जारी गरिने भएको छ। जिल्लामा ३०० भन्दा बढी सङ्क्रमित पुगेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा लागू गर्ने भएको हो।

सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले नवलपुरमा वैशाख २१ गते राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्म १५ दिन निषेधाज्ञा जारी गर्न सिफारिश गरेको हो। सोमबार मात्रै जिल्लामा ७७ नयाँ सङ्क्रमित फेला परेका छन्। योसहित नवलपुरमा कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ३४६ पुगेको छ।

दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको निधन भएको छ भने नयाँ सङ्क्रमणको लहरपछि सङ्क्रमित भएकामध्ये २७ जना निको भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

सिमकोट– हुम्ला जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले  आज राति १२ बजेदेखि २८ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। सोमबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले आदेशको पालना गर्न जिल्लाभरका सबैमा आग्रह गरेका छन्।

निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ। जिल्लाका स्थानीय तह, राजनीतिक दल र अन्य सरोकारवाला निकायको प्रतिनिधित्वमा बसेको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जलाउन हरेक गाउँपालिकामा सद्गदस्थलको छनोट गर्न सम्बन्धित गाउँपालिकालाई दुई दिनको समय दिने निर्णय गरेको छ।

आजबाट हवाई यातायात सेवासमेत बन्द हुने भएको छ भने जिल्लाको दक्षिणी क्षेत्रमा रहेका मुख्य नाका कवाडी, बालुकुना र चङ्खेली नाकासमेत शिल गरिएको छ। एक हप्ताको निषेधाज्ञा अवधिमा एक पालिकाबाट अर्को पालिकामा आवतजावतसमेत बन्द गरिएको छ। सोमबार बिहान नेपालगञ्ज हुँदै हुम्ला पुगेका ४० जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा आठ जनामा कोरोना देखिएको थियो। 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ११:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बीपी राजमार्ग: जानकारी लिएर मात्र यात्रा गर्न आग्रह समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो । बेमौसमी वर्षाका क... बुधबार, वैशाख २३, २०८३
‘तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु’: जिल्ला प्रशासन जिल्लाका दश वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको हो । बुधबार, वैशाख २३, २०८३
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू(भागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागम... बुधबार, वैशाख २३, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो बुधबार, वैशाख २३, २०८३
रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै बुधबार, वैशाख २३, २०८३
बीपी राजमार्ग: जानकारी लिएर मात्र यात्रा गर्न आग्रह बुधबार, वैशाख २३, २०८३
काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै बुधबार, वैशाख २३, २०८३
‘तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु’: जिल्ला प्रशासन बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची) मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्