काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी-ट्वान्टी क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १३औं स्थानमा उक्लिएको हो।
यसअघि नेपाल १४औं स्थानमा रहेको थियो। घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो।
नेपालको टी-ट्वान्टीमा उत्कृष्ट वरीयता ११औं स्थान हो। टी-ट्वान्टीको नयाँ वरीयताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्यूजिल्यान्ड छ। त्यसैगरी, चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ।
नेपालले एक दिवसीय वरीयतामा समेत सुधार गरेको छ। एकदिवसीय वरियतामा नेपाल १६औं स्थानमा छ। यसअघि नेपाल १७औं स्थानमा रहेको थियो। एक दिवसीयको नयाँ वरीयतामा न्यूजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।