काठमाडौं– वाग्मती प्रदेश, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका –४ जिल्ला निर्वाचन कार्यालय भवनमा प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको छ।
प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले प्रदेश निर्वाचन कार्यालयको आज शुभारम्भ गरेका हुन्।
यही वैशाख २१ गते राष्ट्रियसभा सदस्य एक पदमा हुने निर्वाचन क्रममा मतदाता नामावली प्रकाशन तथा नाममा संशोधन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
आगामी जेठ ६ गते रिक्त राष्ट्रियसभा सदस्यमा निर्वाचन हुँदै छ। स्थानीय भुटनदेवी माविको भवनमा दुई मतदान केन्द्र स्थापना गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख अधिकृत गोविन्दप्रसाद पौडेलले निर्वाचनमा वाग्मती प्रदेशसभाका सदस्य ११० र प्रदेशका १३ वटै जिल्लाका ११९ स्थानीय तहका प्रमुख÷उपप्रमुख २३८ गरी कूल ३४८ मतदाता रहेको जानकारी दिए।
तत्कालीन राष्ट्रियसभा सदस्य रामबहादुर थापा सदस्यबाट मुक्त भएपछि निर्वाचन प्रक्रिया शुरु गरिएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार वैशाख अन्तिम सातासम्ममा निर्वाचन आयोग काठमाडौ्र बाट मतपत्र प्राप्त हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।