काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन्।
कोभिड १९ का सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
शुक्रबार दिउँसो ३ बजे देउवा निवास बूढानीलकण्ठमा हुने पत्रकार सम्मेलनमा कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, पार्टीको भूमिकालगायत विषय समेटिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।