चितवन- कोरोना भाइरसको सङ्क्रमण उच्च हुँदै गएपछि भरतपुर अस्पतालमा शुक्रबारदेखि बहिरङ्ग (ओपिडी)सहितका सेवा बन्द हुने भएको छ।
अस्पतालले सूचना जारी गर्दै वैशाख १७ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि बहिरङ्ग सेवा, इलेक्टिभ सर्जरी र इएचएस सर्जरी सेवा बन्द गर्ने जनाएको हो।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको संयोजकत्वमा बसेको बैठकले अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा यथावत राख्ने र ज्वरो आएका बिरामीका लागि अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ।
पछिल्लो समय दिन प्रतिदिन कोरोना सङ्क्रमितको बिरामी बढ्दै गइरहेकाले बहिरङ्ग सेवा बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।