तनहुँ– ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।
सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए।
मृतकमध्ये सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत थिए भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयमा शिक्षिका थिइन्।
कोरोना संक्रमणका कारण विद्यालय बन्द भएपछि दमौली फर्कँने क्रममा स्कुटर दुर्घटना भएके हो। ओरालोमा ब्रेक फेल भई अनियन्त्रित हुँदा स्कुटर दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।