विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०२ कोरोना संक्रमित थपिएका छन्।
थपिएका संक्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसरीका ३३, ताप्लेजुङका दुई, सङ्खुवासभा, इलाम, उदयपुर र पाँचथरका एकएक तथा प्रदेश बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ३१ हजार ६४६ पुगेको छ भने तीमध्ये २९ हजार ९५९ सङ्क्रमणमुक्त भएको छ।
यो प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार २०५ रहेका छन्। पछिल्लो २४ घण्टामा यो प्रदेशमा ७४७ जनाको पीसीआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
विगत केही दिनदेखि संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि हुन थालेपछि विराटनगर महानगरपालिकाले सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो भने हिजो विराटनगरमा ७५ जना संक्रमित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।