साकेतिक तस्बिर
हेटौंडा– कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पु¥याउने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ। प्रदेश सरकारको मातहत रहेको हेटौंडा अस्पतालमा वार्ड सञ्चालनमा ल्याइएको हो।
स्वास्थ्यमा गम्भीर समस्या भएका संक्रमितको उपचारका लागि वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ। तत्कालका लागि १० शय्या सञ्चालनमा ल्याइएको अस्पतालमा केही दिनमै थप २० शय्या थप्ने अस्पतालको लक्ष्य छ।
ज्वरो धेरै आइरहने र रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा तल पुगेका सङ्क्रमितलाई वार्डमा राखेर उपचार गर्ने अस्पतालको योजना छ। अक्सिजनको मात्रा कम हुने संक्रमितलाई बढी जोखिम हुन्छ।
यसैगरी, हेटौंडा–६ स्थित गौरीटारमा आइसोलेसन कक्ष पुनः सञ्चालनमा ल्याइएको छ । मकवानपुरमा कोभिड–१९ सङ्क्रमितको संख्या बढ्दै गएपछि आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याइएको हेटौँडा उपमहानगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।