फाइल तस्बिर
काठमाडौं- कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने भएको छ।
कोरोनाको पछिल्लो अवस्था र चाल्नुपर्ने सम्भावित कदमका विषयमा छलफल गर्न बैठक बस्न लागिएकाे हाे।
पछिल्ला दिनहरुमा लगातारको कोरोना संक्रमितको संख्या बढिरहेकाले त्यसविरुद्ध लड्नका लागि सिसिएमसीले नयाँ रणनीति तय गर्न लागेको पनि बुझिएको छ।
सिसिएमसीको संयोजका उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाह गणेश पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान अवस्था र लिनुपर्ने रणनीतिका विषयमा बिफ्रिङ गरिने बताए।
कोरोनाका बिरामी धेरै भएका ठाउँमा स्थानीय रुपमै लकडाउन गर्ने यसअघि निर्णय गरिएको छ। शनिबारको बैठकमा यस विषयमा पनि छलफल हुने जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने लकडाउनका विषयमा कुनै सिफारिस नगरेको जनाएको छ।
संक्रमणको जोखिम बढ्नुको साथै उपचारको संरचनाका विषयमा भने गम्भीर हुनुपर्ने उल्लेख गरेको छ। शुक्रबार मात्रै २ हजार ५ सय ५९ जना संक्रमित थपिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।