• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत ७, २०८२ Sat, Mar 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुदूरपश्चिममा ६४ हजार सवारीसाधनमाथि कारबाही, पाैने ४ करोड राजस्व संकलन

64x64
रासस शनिबार, वैशाख ११, २०७८  ०८:२५
1140x725
फाइल तस्बिर

टीकापुर- चालु आर्थिक वर्षको नौ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन्। सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्‍घन गर्ने ६४ हजार ३०५ सवारीसाधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्‍कअनुसार गएको साउनदेखि चैतसम्म सबैभन्दा बढी २४ हजार ४६० मोटरसाइकल, १४ हजार ७४० जिप र कार, ११ हजार ३०१ ट्रक, नौ हजार ५९० ट्र्याक्टर, दुई हजार ८० बस र दुई हजार १३४ अन्य सवारीसाधन कारबाहीमा परेका छन्। कारबाहीमा परेका सवारीसाधनबाट तीन करोड ७० लाख ८४ हजार ५०० रुपैयाँ राजस्व सङ्‍कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। 

'यी सवारीसाधनबाट यस वर्ष करिब पौने चार करोड राजस्व सङ्‍कलन भएको हो,' उनले भने, 'ट्राफिक नियम पालना नगर्ने, मापदण्डविपरीत चलाउने कारबाहीमा परेका हुन्। हामीले सवारी दुर्घटना नहोस् भनी ट्राफिक नियम पालना गराउन कडाइ गर्ने गरेका छौँ।'

Ncell 2
Ncell 2

अघिल्लो आर्थिक वर्ष ५६ हजार १५३ सवारीसाधन कारबाहीमा पर्दा तीन करोड ३१ लाख ९९ हजार ५०० रुपैयाँ राजस्व सङ्‍कलन भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस चालु आवको नौ महिनामा नै आठ हजार १५२ बढी सवारीसाधन कारबाहीमा परेका छन् भने ३८ लाख ८५ हजार रुपैयाँ राजस्व बढी सङ्‍कलन भएको देखिन्छ। सवारीसाधनको सङ्ख्यामा वृद्धि र ट्राफिक प्रहरीले जाँच कार्यलाई तीव्रता दिएका कारण सवारीसाधन बढी कारबाहीमा परेका प्रहरी निरीक्षक सिंहको भनाइ छ। उनले भने, 'सवारी दुर्घटना समस्याका रुपमा बढ्दै गएकाले हामी निरन्तर लागेका छौँ। सवारी दुर्घटना कम गर्न प्रहरीमात्र होइन, नागरिक, सवारी चालक सबै सचेत हुन आवश्यक छ।'

यस वर्षको नौ महिनामा ४८१ सवारी दुर्घटना हुँदा ६७४ सवारीसाधनमा क्षति भएको छ भने १४७ को ज्यान गएको छ। यस अवधिमा ५११ गम्भीर र ४४७ जना सामान्य घाइते भएका छन्। ट्राफिक कार्यालयको तथ्याङ्‍कअनुसार अघिल्लो आवको नौ महिनामा २३२ सवारी दुर्घटना हुँदा ३०७ सवारीसाधनमा क्षति भएको थियो भने ११६ को ज्यान गएको थियो। अघिल्लो आवको नौ महिनाको तथ्याङ्‍क हेर्दा यस चालु आवमा बढी सवारी दुर्घटना भएको देखिन्छ।

बस चालक रुपेश चौधरी कुनै एक पक्षले मात्र सजग बनेर सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिने भएकाले सबै सचेत बन्नुपर्ने, सर्वसाधारणले पनि ट्राफिक नियम पालना गर्नुपर्ने बताउँछन्। 'अधिकांश सवारी दुर्घटना चालकको होइन, नागरिकको लापरवाहीले समेत भएका हुन्छन्। दुर्घटना भएमा ठूलो सवारीले क्षति ब्योहोर्नुपर्ने बाध्यता छ,' सवारी चालक चौधरी भन्छन्, 'कतिपय साथीहरु अरुको गल्तीले पनि कारबाही भोग्‍न बाध्य छन्। त्यसैले दुर्घटनाबारे ज्ञान सबैलाई दिन आवश्यक छ।'

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
झडप रोक्न कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा आज बिहान मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो । शनिबार, चैत ७, २०८२
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान “जनचाहनालाई आत्मसात् गरेर राष्ट्र निर्माणका लागि अघि बढ्नु आजको आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत जनताद्वारा अभिव्यक्त देश वि... शनिबार, चैत ७, २०८२
भोटेबहालमा बसको ठक्करबाट २ भारतीय नागरिकको मृत्यु काठमाडौँ महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उ... शनिबार, चैत ७, २०८२
ताजा समाचारसबै
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे शनिबार, चैत ७, २०८२
झडप रोक्न कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा शनिबार, चैत ७, २०८२
निर्वाचनमा ३५० बाल अधिकार उल्लङ्घनका घटना शनिबार, चैत ७, २०८२
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान शनिबार, चैत ७, २०८२
भोटेबहालमा बसको ठक्करबाट २ भारतीय नागरिकको मृत्यु शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
अर्थमन्त्री खनाल मन्त्रालयका काममा सहभागी नहुने शुक्रबार, चैत ६, २०८२
शनिवार सरकारले दियो ईदको सार्वजनिक बिदा शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्