झापा–झापामा छुटाछुट्टै घटनामा परी दुई बालकको मृत्यु गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ बुधबारेस्थित पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने कमलमा अर्का बालकको रुखको हाँगोले लागेर ज्यान गएको छ।
बुद्धशान्ति–३ स्थित विनोद मोक्तानको माछापोखरीमा साँझ ५ः३० बजेतिर पौडी खेल्ने क्रममा स्थानीय हरिप्रसाद पौडेलका १३ वर्षीय छोरा नितेश पौडेलको ज्यान गएको हो। स्थानीयवासी धनबहादुर चौहानका छोरा १४ वर्षीय सुजन चौहानसँगै नितेश स्कुलबाट फर्किने क्रममा माछापोखरीमा पौडी खेल्न गएका थिए ।
पोखरीमा पसेका सुजनलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि लिभिङ होप अस्पताल पु¥याएका थिए भने नितेश डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले पोखरीको पानी सुकाई खोजतलास गर्ने क्रममा साँझ ७ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।
यसैगरी कमल गाउँपालिका–५ सीतापुरीका राम राईका आठ वर्षीय छोरा योजल राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ। बिहीबार बुवासँग सोही स्थानमा रहेको रतुवामाई वृक्षरोपणको नर्सरीमा दाउरा टिप्न गएका अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँचिएर लाग्दा घाइते भएका योजलको उपचारका लागि दमक अस्पताल दमकमा पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।