काठमाडौं– दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मंगलबार राति उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचनमा मतदान गरेका अधिकारीले चैत २६ गते कोरोना परीक्षण गरेका थिए। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौँ लगिएको थियो।
गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारीका श्रीमती, एक छोरा र छोरी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।