चितवन–पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
बोलेरोको ठक्करबाट राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।
ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
बोलेरोको ठक्करबाट घाइते ओलीको मंगलबार राति मृत्यु भएको हो। ओलीलाई ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।