काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूहरुलाई चौतारोमा बसेर कारबाही गरिएको टिप्पणी गरेकी छिन्। पार्टी विधान विधिभन्दा बाहिर गएर मनलाग्दी रुपमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई कारबाही गरिएको उनले बताइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षका नेताहरुलाई कारवाही गरेपछि आकश्मिक रुपमा बसेको बैठकले एक-एकगरी स्पष्टीकरण दिने बताएका छन् ।
‘सबैलाई व्यक्तिगत रुपमा सोधिएकाले एक–एक आफ्नै तरिकाले स्पष्टीकरण दिने भनेका छौ,’ उनले भनिन्,‘यो कुनै स्पष्टीकरण दिन लायक होइन। हामीले स्पष्टीकरण दिएनौं भने प्रतिरक्षा नगरेको भन्ने ठहर छ। संविधान र कानूनः स्पष्टीकरण दिनुपर्छ।’
एमाले विवाद समाधान गर्न पार्टी एकता अघि जेठ २ गतेमै फर्किनु पर्ने उनकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।