• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
लुम्बिनीमा मन्त्री बनेका विजय यादव भन्छन्-

‘मेरो चुनौती छ, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मैले हस्ताक्षर गरेको कसैले देखाइदेओस्’

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ७, २०७८  १८:०८
1140x725

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले सोमबार प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराए। अविश्वास प्रस्ताव दर्ता गराएलगत्तै माओवादीका दुई मन्त्रीले राजनीमा दिएका थिए। त्यसको केही घन्टामै मुख्यमन्त्री पोखरेलले जसपाका ४ जना सांसदलाई मन्त्रीको रुपमा शपथ गराए। जसपाका ६ सांसदमध्ये ५ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए। सांसद कल्पना पाण्डेले भने हस्ताक्षर गरेकी थिइनन्।

जसपाका सांसदमध्ये ४ जना पोखरेलतिर लागेर मन्त्री बनेपछि वाँकी रहेका २ सांसदले पार्टी निर्णयविरुद्ध गएको भन्दै उनीहरुमाथि कारबाहीको माग राखेका छन्।

जसपाबाट पोखरेल मन्त्रिमण्डलमा सहभागी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवसँग नेपाल लाइभले गरेको कुराकानीको सारसंक्षेपः

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभो, अनि लगत्तै मन्त्री बनिहाल्नुभो नि?
कसले भन्छ अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भनेर? म माननीय विजय यादव बोल्दै छु। विजय यादवले अविश्वास प्रस्तावको कुनै पनि कागजमा हस्ताक्षर गरेको कसैले देखाउँछ भने चुनौति दिन चाहन्छु। हस्ताक्षर हेर्नुस्, विजय यादवको देख्नुहुन्‍न। 

दलको बैठक बसेर निर्णय गरिएको छ, त्यसका विरुद्ध जानेलाई कारबाही गरिन्छ भनेर विज्ञप्ति नै आएको छ नि?
ठिकै छ, को पार्टी निर्णयविरुद्ध गएको छ, कसलाई कारबाही हुन्छ, त्यो समयले बताउँला। त्यो उहाँहरुले भन्‍ने कुरा हो। पार्टीले निर्णय गर्दा दलको विधान बमोजिम हुन्छ होला। त्यसले निर्णय गर्ला। जसलाई जे मन लाग्यो त्यही गर्न पाउने भन्‍ने हुुन्छ र? मैले अविश्वास प्रस्तावको पक्षमा कतै हस्ताक्षर गरेको छैन। दलको निर्णय पनि भएको छैन। दलको नेता ५ गते नै परिवर्तन गरेर सन्तोष पाण्डेलाई बनाएका छौं। त्यो दिनदेखि दलको नेता उहाँ नै हो। अरु दलको नेता को भएको छ, थाहा छैन।

Ncell 2
Ncell 2
nimb
nimb

यता अविश्वास प्रस्ताव दर्ता गर्ने, उता फ्याट्ट मन्त्री बन्‍ने, कस्तो संयोग मिलेको त?
हामीले पहिलादेखि नै मुख्यमन्त्रीसँग कुरा गरिराखेका थियौं। फ्याट्टै मन्त्री हुने भन्‍ने कुरा हुँदैन। हामीलाई कारबाही हुन्छ भन्दै छन् नि! उनीहरुलाई पनि थाहा थियो। हामी सरकारमा जाँदैछौं भन्‍ने। सबै घटनाक्रममा अपडेट छन्। सबै कुरा उहाँहरुलाई थाहा थियो। फ्याट्टै मन्त्री भएको भन्‍ने कुरा गलत हो। 

त्यसो भए दुबै पक्षबीच बार्गेनिङ चलिरहेको थियो?
हाम्रो दुवैतिर बार्गेनिङ थिएन। हाम्रो दलको बैठकले शंकर पोखरेल नेृतत्वको सरकारमा जाने निर्णय गरेको थियो। जसपाका ६ जना मध्ये ४ जनाले निर्णय गरेका हौ। त्यही अनुरुप अगाडि बढेका हौं।

अब पार्टीको केन्द्रबाट तपाईंहरुमाथि कारबाही भए के गर्नुहुन्छ?
पार्टीले थोरै विधि-विधान मिच्‍न मिल्छ? पार्टी भनेको विधि, पद्दती, एउटा सिस्टममा चल्ने होइन? अहिले कारबाही गर्ने मान्छे वैधानिक हुन् कि होइनन् भन्‍ने प्रश्न छ। राजपा र समाजवादी पार्टी  केन्द्रमा मात्रै एकता भएको अवस्था हो। कुनै प्रदेश र जिल्लामा एकता नभएको अवस्था छ। त्यसैले उहाँलाई जसपा प्रदेश अध्यक्ष हुुँ भन्‍ने अधिकार कसले दियो? हाम्रो पार्टी विधानले कुनै पनि प्रदेश सांसदलाई कारबाही गर्ने अधिकार दिएको छैन। हामीलाई कारबाही गर्ने भनेको केन्द्रीय कमिटी हो। यदी पार्टीको विधान मिचेको भए कारबाही भोग्न तयार छौं। 

Xtrem
Xtrem

तपाईंहरुकै कारण जसपा फुट्ने भयो नि?
हाम्रै कारणले पार्टी फुट्ने भयो भने नेताहरुले मिलाउनु पर्छ। त्यो हामीले स्पष्टसँग भनिसकेका छौं । संघीयतामा स्वायत्त छौं भनेर भाषण गर्ने उल्टै कारबाही गर्ने भन्‍ने हुँदैन। प्रदेश आफैमा स्वायत्त होइन र ?

तपाईंकै पार्टीका नेताहरु प्रधानमन्त्री ओली प्रतिगमनकारी भए भन्दै मोर्चाबन्दी गरेर सरकार बनाउने प्रयास गरिरहेका छन्। तपाईंहरुको यो कदम ओलीलाई साथ दिँदै आफ्नै नेताविरुद्ध गएको भएन र?
तपाईंले प्रतिगमनकारी भनेर केपी ओलीलाई संकेत गर्नु भयो होला, के यहाँका मुख्यमन्त्री शंकर पोखरेल केपी ओली हो? तपाईं उदाहरण हेर्नुस्, भारतमा बीजेपी सत्ताधारी छ कांग्रेस प्रतिपक्षमा छ। तर, जम्मु-कश्मिरमा बिजेपी र कंग्रेसको संयुक्त सरकार छ। संघमा बीजेपी र कांग्रेसबीच आरोप-प्रत्यारोप चल्छ। तर, जम्मु-कस्मिरमा संयुक्त सरकार चलाइराखेका छन्। वास्तवमा त्यो हो संघीयता। नेताहरुले आफूअनुकुल संघीयता बनाउने, बिगार्ने अनि कारबाहीको कुरा गर्ने सुहाउँदैन।

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्