काठमाडाैं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यकाल सम्हालेपछि ५८७ वटा जनपक्षीय कार्य गरेको दाबी गरेका छन्। उनले प्रदेशसभामा बोल्ने क्रममा आफ्नो कार्यकालमा भएका सुधारका कार्यका फेहरिस्त सुनाएका हुन्।
एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनका लागि शुक्रबार संसद्को बैठक बोलाइएको हो। मुख्यमन्त्री बनेपछि उनले गरेका कार्यबारे भने,‘अन्तरप्रदेश जोडिएका आयोजना अघि बढेका छन्। स्थानीय तहसँग समन्वय गरी आयोजना अघि बढेका छन्।’
छोरीमाथि भएका विभेद हटाउने कार्यका लागि ‘बैंक खाता छोरीको’ अभियान सञ्चालन गरेको उनले बताए। छोरी-बुहारी छात्रवृत्ति कार्य सञ्चालन गरिएको, कृषि उत्पादन बढाउनका लागि सहकारी र बैंकमार्फत् कृषि अनुदान प्रदान गरिएको उनले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।