काठमाडाैं- नेपाली कांग्रेसले कर्णाली प्रदेशसभामा विश्वासको मत लिने कार्य प्रक्रियासंगत रुपमा नआएको दाबी गरेको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनका लागि बोलाइएको संसद् बैठक प्रक्रिया मिचिएको कांग्रेसले जनाएको छ। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले एमालेका दुई समूहको विवाद निरुपण नहुन्जेल संसद्मा अल्पमत/बहुमत विभाजन गर्न नहुने बताए।
उनले भने,‘कानुनले यो अवस्था ल्याउन दिएको छैन। विश्वासको मत विभाजनले मात्रै हिजोको अवस्था परिवर्तन हुँदैन।’ एमाले संसद्मा ठूलो भए पनि संख्यामा नभएको उनको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।