काठमाडाैं- नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निरन्तरताको लागि कर्णाली प्रदेशसभामा आग्रह गरेको छ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभामा माओवादी केन्द्रकी प्रमुख सचेतक सीताकुमारी नेपालीले भनिन्,‘अस्थिरता होइन, स्थिरता चाहिएको छ।’ कर्णालीका जनताको भावनाअनुसार शाही नेतृत्वको सरकार काम गरिहेको उनले दाबी गरिन्।
कर्णालीको विकासका लागि एक भएर अघि बढ्ने वाचा विगतमा गरेको उल्लेख गर्दै उनले सबै दलको साथको अपेक्षा गरिन्। विगतमा गरिएका वाचा र प्रतिबद्धता स्मरण गर्न उनले सुझाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।