काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बाेलाएका छन्। शनिबार बिहान ११ बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
समयसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो। संसदको हिउँदे अधिवेशन पनि अन्त्य गर्नुपर्ने बेला भएकाले सवै दलसँग छलफल गर्न लागिएको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि यही सिलसिलामा फोन गरिएको सल्लाहकार थापाले बताए।
उनले भने, 'प्रधानमन्त्रीले प्रचण्डलाई पनि सर्वदलीय बैठकको निम्तो दिन फोन गर्नुभएको हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।