काठमाडाैं–कर्णाली प्रदेश संसद बैठक बस्नुअघि एमालेको संसदीय दलको बैठक बस्ने भएको छ।
सरकारको दाबी गरेको एमालेको संसदीय दलको बैठक केही बेरमा बस्ने भएको छ। संसदमा दलको प्रस्तुतिका विषायमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको छ।
४० सदस्यीय प्रदेशसभामा २० सांसद एमालेका छन्। चैत ५ एमालेले शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो।
समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार शाहीले संसद फेस गर्न लागेका छन्।
संसदमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ राप्रपाका १ सांसद छन्। बहुमत पुर्याउन शाहीलाई ८ मत आवश्यक पर्दछ।
संसद बैठक दुई बजेका लागि बोलाइएको छ। आजको संसद बैठकले नै विश्वासको मतको कार्य टुंगाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।