काठमाडौं– ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ।
अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्त्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ। पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई मूर्ति हस्तान्तरण गरेका हुन्।
मूर्ति हालका लागि पाटन संग्र्रहालयमा राखिने र मन्दिरमा आवश्यक सुरक्षाको प्रबन्धपछि मन्दिरमा प्रतिस्थापन हुने बताइएको छ।
महानगरपालिकाको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा वासुदेव कमलाज (लक्ष्मीनारायण) को मूर्ति रहेको थियो। ७० किलो तौलको मूर्ति सन् १९८४ मा हराएको विभागले जनाएको छ।
सो मूर्ति अमेरिकाको टेक्ससस्थित डल्लास सङ्ग्रहालयमा रहेको जानकारी प्राप्त भएपछि फिर्ता ल्याउने प्रक्रिया शुरु भएको थियो ।
मध्यकालीन नेपाली मूर्तिकलाको नमूनाका रूपमा रहेको र प्रस्तरबाट बनेको मूर्ति १५औँ शताब्दीको मानिन्छ। विसं २०७७ चैत ३१ मा मूर्ति नेपाल फर्काइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।