• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ९, २०८२ Sat, Feb 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेशमा बदलिँदो सत्ता समीकरण : कुन प्रदेशमा कस्तो छ अवस्था?

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २, २०७८  १५:२६
1140x725

काठमाडौं- संघीय सत्तामा चलिरहेको समीकरणको अभ्यासले मूर्तरूप पाउन मुश्किल परिरहेको छ। निर्णायक जनता समाजवादी पार्टी अनिर्णयको बन्दी हुँदा केन्द्रको सरकार फेरबदल अनिश्चित बनेको हो। तर, प्रदेशमा भने सत्ता समीकरण परिवर्तनको कसरत तीव्र बनेको छ। 

गण्डकी प्रदेशका मुख्‍यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बिहीबार अविश्वासको प्रस्ताव पेश भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने निश्चित जस्तै छ। अल्पमतमा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया नै थालेका छन्। 

गण्डकी सरकार ढल्ने निश्चित
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता भएको छ। गुरुङविरुद्ध २८ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो।

गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावमा जनमोर्चाले समर्थन जनाउने निर्णय गरेको छ। तर, हस्ताक्षर गरेको छैन।   नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका हुन्। 

गण्डकी प्रदेशमा कुल ६० सांसद रहेका छन्। जसमध्ये एमालेसँग २८ सांसद छन्। कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका दुई र जनमोर्चा तीन सांसद रहेका छन्। एक सांसद (दीपक मनाङे अर्थात् राजिव गुरुङ) स्वतन्त्र सांसद छन्।

माओदीका सभामुख भएकाले एक भोट दिन पाउने अवस्था छैन। जनमोर्चा मिल्दा ३२ पुगेको छ। त्यसमा सभामुखले मत दिन नपाएमा ३१ हुनेछ। स्वतन्त्र सांसद मनाङेसमेत मिसिन आएमा ३२ हुनेछ।

प्रदेश १ र बागमतीमा नेपाल पक्ष निर्णायक 
प्रदेश १ मा एमालेका ५१ सांसद छन्। तत्कालीन नेकपा हुँदा प्रचण्ड-नेपाल समूह एकतिर उभिँदा मुख्यमन्त्री शेरधन राई संकटमा थिए। उनीविरुद्ध अविश्वास प्रस्ताव समेत ल्याइएको थियो। फागुन २३ को निर्णयले उनलाई राहत दिलायो। नेपाल समूहले फ्लोर क्रस नगर्ने अवस्थामा उनी सुरक्षित छन्। यद्पि, अविश्वास प्रस्ताव हाललाई फिर्ता लिइसकिएको छ। 

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्दछ। कांग्रेसका २१, माओवादीका १४ जना प्रदेश सभामा कायम छन्। कुल १५ सांसदमध्ये माओवादी केन्द्रले सांसद टंक आङ्बुहाङलाई कारबाही गरेको छ।  जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्र तर्फका १/१ प्रदेश सभा सदस्य छन्।

Ncell 2
Ncell 2

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि फागुन २३ मा अदालतले गरेको निर्णयबाटै लाभावान्वित भएका छन्। पुस १० मा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। माधवकुमार नेपालनिकट प्रदेश सांसद अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो।  

प्रदेश सभामा कुल १ सय १० मध्ये एमालेबाट बागमती प्रदेश सभामा ५८ सांसद छन्। बहुमतका लागि ५६ सांसदको आवश्यक पर्छ।  माओवादी केन्द्रका २३ सांसद छन्।  कांग्रेसका २१ जना सांसद छन्। त्यहाँ विवेकशील साझाका ३, मजदुर किसान पार्टी र राप्रपाका २/२ सांसद छन्।

प्रदेश २ मा प्रभावहीन मुख्य तीन दल
प्रदेश २ को सत्ता समीकरणमा मुख्य तीन दलको प्रभावले कुनै असर पर्ने देखिँदैन। मुख्यमन्त्री लालबाबु राउतको सरकार जसपा नफुटेसम्म सुरक्षित छ। एक पक्ष ओली र अर्को कांग्रेस-माओवादीसँग निकटता देखाइरहेकाले स्थिति यस्तै रहने पनि निश्चित छैन।

प्रदेश २ मा १०७ प्रदेश सभा सदस्यमा बहुमतका लागि ५४ सांसद आवश्यक पर्दछ। प्रदेशमा जसपाका ५४ सांसद छन्। एमालेका २१, कांग्रेसका १९, माओवादी केन्द्रका ११ मध्ये ४ जना कारबाही परेका छन्। नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्रका १/१ सांसद छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री संकटमा
नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन्। अन्य साना दलसँग पनि प्रस्तावका पक्षमा उभिन वार्ता जारी छ। शुक्रबारसम्म आउने अविश्वास प्रस्तावमा बहुमत जुटाउन ४४ सांसद चाहिन्छ। लुम्बिनीमा कुल ८७ सांसद छन्। 

एमालेका ४१ सांसद छन् । तर, सबै दल विपक्षमा उभिने संकेत देखिएकाले एमालेलाई मुख्यमन्त्री जोगाउन सकस परिरहेको छ। यहाँ माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।

कर्णालीमा नेपाल समूहको आश
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्। मुख्यमन्त्री शाहीलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछिको अवस्थामा उनले आफूसँग विश्वासको मत पुष्टि गर्नका लागि पत्र दर्ता गराएका हुन्। शुक्रबार बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिनेछन्। 

कर्णाली प्रदेशमा १३ जना सांसद रहेको माओवादी केन्द्रका शाही मुख्यमन्त्री छन्। एमालेसँग २० सांसद छन्। कुल ४० प्रदेश सभा सदस्य रहेको उक्त प्रदेशमा बहुमत पुर्‍याउन २१ जना आवश्यक पर्दछ। शाहीलाई मुख्यमन्त्री टिकाउन ८ सांसद चाहिन्छन्। कर्णालीमा कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्। शाहीले एमालेकै नेपाल समूहले फ्लोर क्रस गर्ने आशा गरेका छन्।

सुदूरपश्चिम सुरक्षित
सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५ जना सांसद छन्। कुल ५३ प्रदेश सभा सदस्यमध्ये मुख्यमन्त्री त्रिलोचन भट्टको पार्टी, माओवादी केन्द्रका १४ सांसद छन्।

प्रदेश मन्त्रीसमेत रहेका माओवादी सांसद झपट बोहराले एमाले प्रवेश गरेका छन्। उनलाई माओवादीले स्पष्टिकरण सोधेको छ। यसकारण भट्टलाई सत्ता टिकाउन १४ सांसद आवश्यक पर्दछ।  कांग्रेस र जसपाले साथ दिँदा उनको पद सुरक्षित रहनेछ। सुदूपश्चिममा कांग्रेसका १२ र जसपाका २ सांसद छन्। 

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १५:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचनमा सुरक्षाका लागि तराईको अवस्था बुझ्न एआईजी चतुर्वेदीलाई खटाइयो
पूर्वराजाको सन्देशमा प्रचण्डको टिप्पणी: जनताबाट फ्याँकिएकाले चुनाव नहुने भ्रम फैलाइरहेछन्
हुम्ला पुग्यो निर्वाचन सामाग्री
सम्बन्धित सामग्री
निर्वाचनमा सुरक्षाका लागि तराईको अवस्था बुझ्न एआईजी चतुर्वेदीलाई खटाइयो शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै एआईजी चतुर्वेदीलाई तराईको अवस्थाबारे बुझ्न पठाइएको गृह मन्त... शनिबार, फागुन ९, २०८२
पूर्वराजाको सन्देशमा प्रचण्डको टिप्पणी: जनताबाट फ्याँकिएकाले चुनाव नहुने भ्रम फैलाइरहेछन् नेकपा दोलखा–काठमाडौँ सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चुनाव हुने निश्चित भइसकेक... शनिबार, फागुन ९, २०८२
रास्वपाले चुनाव नजित्ने देखेपछि अराजक गतिविधि गर्न थाल्यो : ओली ‘मलाई के लाग्छ भने, रास्वपाले चुनाव जितिन्नँ भन्ने निष्कर्ष निकालेको जस्तो लाग्छ । त्यसकारण उसले कतै झण्डा जलाउने, अत्यन्तै अभद्र, अ... शनिबार, फागुन ९, २०८२
ताजा समाचारसबै
निर्वाचनमा सुरक्षाका लागि तराईको अवस्था बुझ्न एआईजी चतुर्वेदीलाई खटाइयो शनिबार, फागुन ९, २०८२
पूर्वराजाको सन्देशमा प्रचण्डको टिप्पणी: जनताबाट फ्याँकिएकाले चुनाव नहुने भ्रम फैलाइरहेछन् शनिबार, फागुन ९, २०८२
हुम्ला पुग्यो निर्वाचन सामाग्री शनिबार, फागुन ९, २०८२
धनकुटाबाट तीनजना बेवारिसे व्यक्तिको उद्धार शनिबार, फागुन ९, २०८२
रास्वपाले चुनाव नजित्ने देखेपछि अराजक गतिविधि गर्न थाल्यो : ओली शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्