तस्बिर: रासस
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोसीमा भइरहेको ढिलासुस्ती अब सह्य नहुने बताएका छन्।
जग्गा नक्सा प्रिन्ट प्रणाली ‘मेरो कित्ता’को उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले दैनिक राज्यलाई १३ करोड घाटा भइरहेको जानकारी गराए।
उनले भने,‘अस्वाभाविक ढिला गरिएको छ। एउटा सानो मेसिन राखिएको छैन। १३ करोड दैनिक खर्च भएको छ।’ उक्त मेसिन जडान हुन नसकेको विषय गत वर्ष र अहिले पनि सुन्दै आएको उले बताए।
ढिलासुस्ती अब सह्य नहुने बताउँदै प्रधानमन्त्री ओलीले ढिलासुस्तीको छानविन हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।