झापा–पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका–११ मा बिहीबार बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
काठमाडौंको एक अस्पतालबाट इलाम बिरामी पुर्याएर फर्किने क्रममा बा२१च ७९८४ नंको एम्बुलेन्स भई दुर्घटना हुँदा चालक उत्सव घिमिरेको मृत्यु भएको हो।
एम्बुलेन्स दुर्घटना हुँदा सन्तोष तामाङ गम्भीर घाइते भएका थिए। एम्बुलेन्स चालक घिमिरे र तामाङ दुवै ललितपुरको गोदावरी नगरपालिका–७ बस्दै आएका थिए।
दुवैलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएको थियो। घिमिरेको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइते तामाङको बिएण्डसीमै उपचार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।