• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गुरुयोजना तयार नहुँदा चन्दननाथ मन्दिरको शोभा छेक्दै

64x64
रासस बिहीबार, वैशाख २, २०७८  १२:२३
1140x725
तस्बिर: रासस

खलङ्‍गा- कर्णालीकै प्रसिद्ध जुम्लास्थित चन्दननाथ भैरवनाथ मन्दिरको शोभा सरकारी भवनले छेकेको छ। मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले बन्‍न थालेपछि चन्दननाथ मन्दिरको शोभा नै हराउन थालेको हो।

अहिले तीन तला बन्दा मन्दिर पूर्णरुपमा छेकिएको छ। पाँच तला बनिसकेपछि मन्दिर पूर्णरूपमा छेकिने अवस्था छ। जसका कारण सदरमुकाम खलङ्‍गा नै अशोभनीय देखिन्छ।

भवन निर्माणअघि कार्यालयले गुठी समितिसँग समन्वय नगरेको समितिका पदाधिकारी बताउँछन्। 'एक्कासी पाँच तले भवन बनाउने भन्दै तीन तलाको काम शुरु भएपछि मात्र थाहा भयो,' गुठी समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले भने, 'कार्यालय भवनले मन्दिर छेक्यो। मन्दिरको गरिमा र पहिचान मेट्ने प्रयास भयो। मन्दिरको सुन्दरता नै हराउने गरी निर्माण हुन लागेको भवनलाई राम्रो मान्‍न सकिन्‍न।'

मन्दिर वरिपरिको घर एक तले मात्रै बनाउने परम्परागत चलन छ। पछि मन्दिर वरिपरि दुई तलासम्म भवन बनाउन पाउने व्यवस्था गरिएको थियो। पछिल्लोसमय व्यक्तिगत र सरकारी पक्षबाट मन्दिरको स्वरुपलाई नै ढाक्ने गरी भवन निर्माण हुन थालेको समितिका अध्यक्ष रोकायाले बताए।

मन्दिरमा खडा हुने ५२ हाते लिङ्‍गभन्दा अग्लो भवन निर्माण हुनुले यहाँको धार्मिक आस्था सङ्‍कटमा पर्न थालेको स्थानीयवासी बताउँछन्। अहिले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय भवनको निर्माण कार्य भइरहेको छ। लागतअनुमान अनुसार भवन बहुउद्देश्यीय पाँच  तलाको हुनेछ। पाँच तलाको भवन निर्माण भएपछि मन्दिरको सुन्दरता र शोभा हराएर मात्र जाने होइन, यसले मन्दिर ओझेलमा पर्न सक्ने उच्च सम्भावना रहेको स्थानीयवासी कविता शाहीले बताइन्।

nimb
nimb
Ncell 2
Ncell 2

अहिले राराताल घुम्‍न आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकले चन्दननाथ मन्दिरको दर्शन गरेर मात्र फर्कने गरेका छन्। पुरातत्त्व विभाग, गुठी समितिले पनि धार्मिक तथा सांस्कृतिक महत्त्वबारे बोध गर्न नसकेको यहाँका स्थानीयवासी बताउँछन्। पहिलो मन्दिर परिसरमा रहेको मार्गमा सिलौटबाहेक कालोपत्र नगर्ने भनियो। तर, अहिले वरिपरिको पूरै क्षेत्र कालोपत्र भइसकेको छ।

चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले भने, 'अहिले परम्परादेखि चलिआएको पहिचान भेटिदैन। मन्दिर आसपासमै जिल्ला अदालत जुम्लाको भवन बनेको छ। त्यो ठाउँमा मन्दिरका भकारी राखिन्थे।' यहाँ प्रमाण बोलिरहेका छन् तर ती प्रमाण थन्किएका छन्। अहिले चन्दननाथ भैरवनाथ मन्दिर आसपासका सबै भवन आधुनिक बनेका छन्। घर निर्माण गर्दा पहिले जानकारी दिने चलन छैन। एक्कासी तला बढेको मात्र थाहा हुने गरेको पूर्वअध्यक्ष आचार्यले बताए। उनले भने, 'मन्दिरको शोभा मेटिने गरी भवन बनाउने सरकार र घर बनाउने भक्तजनका कारण धार्मिक आस्था र विश्वास धुमिल बनिरहेको छ। यो हाम्रो धार्मिक आस्था विपरीत कार्य हो।' भवन निर्माण हुनुपूर्व गुठी समितिसँग कुनै छलफल र जानकारी नदिएको उनको भनाइ छ।

चन्दननाथ गुठी समितिले मन्दिरको गुरुयोजना निर्माण गर्न नसकेका कारण धमाधम भवन निर्माण गर्ने र मन्दिरको जग्गा मास्ने कार्य भइरहेको यहाँका स्थानीयवासी बताउँछन्। भवन बनाउँदा एक पटक मन्दिरसँग समन्वय हुनुपर्ने संस्कृतिका जानकार पूर्णसिंह कठायतको भनाइ छ। उनले भने, 'मन्दिर सबैको आस्था र विश्वासको धरोहर हो। यो धरोहरको आफ्नै प्रकारको पहिचान छ, जुन मेटिनुहुँदैन।'

नेपाली भाषा-संस्कृतिको उद्‍गमस्थल जुम्ला हो। चन्दननाथ मन्दिरलाई धार्मिक धरोहरको उपमा पनि दिइएको छ। प्राचीनकालदेखि स्थापित धरोहरलाई प्रत्यक्ष असर पर्ने गरी भवन बनाइएको छ। भूकम्प, दैवीप्रकोप भए भवनको तला भत्किएर मन्दिरको भौतिक संरचनामा क्षति पुग्‍नसक्ने कठायतको भनाइ छ।

चन्दननाथ गुठी समितिकका अनुसार यहाँ दैनिक करिब डेढ सय आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। पछिल्लो समय पर्यटक बढ्दै गएपछि मन्दिरले पनि उनीहरूको रेकर्ड राख्‍न थालेको समितिले जनाएको छ। एक हजार ४०० वर्ष पुरानो ऐतिहासिक मन्दिर तथा जुम्लाको मनोरम दृष्य अवलोकन गर्न पर्यटक रमाउने गरेका छन्। विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धानको उत्पादन यहाँ हुने भएकाले पनि यस क्षेत्रमा पर्यटकको आकर्षण बढेको हो।

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बीपी राजमार्ग: जानकारी लिएर मात्र यात्रा गर्न आग्रह समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो । बेमौसमी वर्षाका क... बुधबार, वैशाख २३, २०८३
‘तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु’: जिल्ला प्रशासन जिल्लाका दश वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको हो । बुधबार, वैशाख २३, २०८३
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू(भागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागम... बुधबार, वैशाख २३, २०८३
ताजा समाचारसबै
ओलीजीमा जस्तै बालेनजीमा पनि जे गरे पनि हुन्छ भन्ने भ्रम देखियो : सभापति थापा बुधबार, वैशाख २३, २०८३
दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरियता सुधार, १२ स्थान उक्लिए बुधबार, वैशाख २३, २०८३
उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी बुधबार, वैशाख २३, २०८३
सुदन किराँती-कुलमान घिसिङबीच समसामयिक विषयमा सहकार्य सम्भावनाबारे छलफल बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्