बागमती- राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश कार्यालय हेटाैंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।
मृत्यु हुनेमा विभागका सूचक (हवल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको पिप्लेको बालगङ्गा पुलनजिक मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा दुवैको मृत्यु भएको हो।
पथलैयाबाट निजगढतर्फ ना २७ प ६३६ नम्बरको मोटरसाइकलबाट जाने क्रममा बालगङ्गामा सो दुर्घटना भएको बताइएको छ। सूचक झाको घटनास्थलमा मृत्यु भएको हो भने सहायक सूचक चित्रकारको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।