भद्रपुर–भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि नेपालको पूर्वी नाका बन्द गरिएको छ।
भारत आवतजावत गर्न सकिने नेपालका पूर्वी नाका आज बिहान ६ बजेदेखि ७२ घण्टाका लागि सिल गरिएको हो।
पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो।
बिहीबार बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए। ४ गतेसम्मका लागि यातायात तथा मानिस आवतजावतमा पूर्ण रोक लगाइएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।