काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले भोलि बिहान ८ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने छन्।
कोभिड-१९ को दोस्रो लहरको जोखिम नियन्त्रणमा सरकारको नीति र सर्वसाधारणले पालना गर्नुपर्ने नियमबारे जानकारी दिने उद्देश्यले देशवासीलाई सम्बोधन गर्न लागिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकारले सतर्कता अपनाउन अपिल गर्दै आएको छ। भारतमा कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएको छ, जसको प्रभाव नेपालमा पनि देखिन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।