मकवानपुर– हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।
सोमबार बिहान अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिनको करेन्ट लागेर जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले बताए।
आफ्नो घरको मिटर बक्समा झोलिएको तार फलामको डण्डीले उठाउन खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका पाख्रिन दम्पतीको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
मृतक दम्पतीको शव हाल हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।