काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। यसअघि शुक्रबारका लाागि बोलाइएको बैठक आजका लागि सारिएको थियो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकम आगामी महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ।
यसअघि आइतबार सम्पन्न पदाधिकारी बैठकले आजका लागि एजेन्डा तय गर्ने भनिए पनि पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित रहेकाले औपचारिक प्रस्ताव तयार हुन नसकेको एक नेताले बताए।
हालसम्म पनि देशभर सदस्यता विवाद नटुंगिएकाले आजको बैठकले महाधिवेशनको कार्यतालिकासमेत हेरफेर गर्न सक्ने बताइएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै कांग्रेसे पछिल्लो समय गरेको तयारी तथा अन्य दलसँगको भेटघाटका विषयमा समेत छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।